नेकपाद्वारा भूकम्पपीडित र इजरायलमा ज्यान गुमाएकाका परिवारलाई आर्थिक सहयोग
नेपालबहस संवाददाता
असोज २८, २०८० आइतबार १३:४:५८
२८ असोज, कठामाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बझाङका भूकम्पपीडित र इजरालयमा ज्यान गुमाएकाका परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । आइतबार बिहान बझाङ जयपृथ्वी नगरपालिका–११ का धनलाल नेपालीको घर परिवारलाई नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आर्थिक सहयोग प्रदान गरेका छन् ।
उनले पीडित परिवारका सदस्यहरुसँग भेट गरी सहयोग राहत सामाग्री र रकम प्रदान गर्नूका साथै संवेदना प्रकट गरेका छन् । हालै गएको ६ दशमलब ५ म्याग्निच्युडको भूकम्पबाट दर्जनौ स्थानीय घरविहीन बन्न पुगेका छन् ।
यस्तै, सुदूरपश्चिम विश्वविद्यालयमा कृषि कार्यक्रम अध्ययन गरिरहेका बझाङ लगायत विभिन्न जिल्लाका विद्यार्थी इन्टर्न कोर्षका लागि इजरायल पुगेका बेला गत हप्ता इजरायल र प्यालेस्टाइनको विवादस्पद क्षेत्र गाजामा प्यालेस्टाइनी हमास समूहद्वारा भएको बम हमलामा १० जनाको ज्यान गएको थियो । साेक्रममा धनलाल नेपालीकाे ज्यान गएकाे थियाे । उनीहरुको शव अझै स्वेदश ल्याउन सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार
‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार