रथि राणा बिदामा, अबको प्रधानसेनापति पाण्डे कि सिग्देल ?
नेपालबहस संवाददाता
असोज २८, २०८० आइतबार १३:१४:१४
२८ असोज, काठमाडौं । नेपाली सेनाका रथी सरोजप्रताप राणाले शुक्रबार अवकाश पत्र बुझेर आइतबारदेखि बिदामा बस्दैछन् । सेनाको दोस्रो नम्बरमा रहेका बलाधिकृत रथी राणाको नियमित कार्यकाल सकिनुभन्दा १५ दिनअघि आइतबारबाट बिदा बसेका हुन् । सेनामा राणासँगै अर्का रथी सीताराम खड्काको समेत अवकाशमा जाने समय नजिकिँदै गर्दा राणा बिदामा बसेका हुन् । खड्का उमेर हदका कारण आगामी पुस ३ मा अवकाशमा जाँदैछन् ।
नेपाली सेनामा राणाको पदावधि थपको चर्चा चलेपनि राणाको पदावधि भने थप भएन । उनी २०७८ कात्तिक ११ मा सेनाको रथीमा बढुवा भएका थिए । सेनाले राणालाई अवकाशको पत्र दिइसकेको स्रोतले जनाएको छ । सेनामा रथीको कार्यकाल सकिनु १५ दिनअघि बिदामा बस्ने प्रचलन छ । प्रधानसेनापति प्रभुराम शर्मा बेलायत भ्रमणबाट फर्केपछि उनी (आज) आइतबारबाट विदामा बसेका हुन् ।
राणाको पदावधि थप भएको अवस्थामा उनी आगामी मंसिर २६ सम्म सेनाको रथीमा कार्यरत हुने अवस्था थियो । तर, उनको पदावधि थप नगरी प्रधान सेनापति शर्मा बेलायत गएका थिए । राणा बिदामा बसेसँगै रिक्त ठाउँमा वरियतामा अघि रहेका सेनाको युद्धकार्य महानिर्देशक रहेका उपरथी ताराध्वज पाण्डे रथीमा बढुवा हुने संभावना छ । यद्यपि अशोकराज सिग्धेल पनि रथी पदका लागि दौडमा रहेका छन् । पाण्डे र सिग्देल मध्ये जो रथी हुन्छ ती मध्ये एक जना भावी प्रधानसेनापतिका दावेदार हुन् । सेनाका बलाध्यक्ष रथी खड्काले पुष ३ मा अवकाश पाएपछि अर्का उपरथीको रथीमा बढुवा हुनेछ ।
प्रधान सेनापतिले पाण्डे वा सिग्देललाई बढुवा नगरी पुस ३ सम्म कुर्ने अवस्था पनि उत्तिकै छ । सेनामा सैनिक अधिकारीहरूको पदावधि थप गर्ने नगर्ने अधिकार प्रधान सेनापतिमा छ । हालका प्रधान सेनापति शर्माले आगामी भदौ २४ मा ३ वर्षे कार्यकाल पुरा गरेर अवकाश पाएसँगै पाण्डे र सिग्देलमध्ये एक जना सेनाको ४५ औं प्रधान सेनापति नियुक्त हुनेछन् । त्यसका लागि अहिले उनीहरू मध्ये एक जना रथीमा बढुवा हुनुपर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
तेलङ्गाना सरकारले अदानी समूहबाट प्राप्त एक अर्बको अनुदान अस्वीकार गर्ने
मंसिर १०, २०८१ सोमबार
परराष्ट्र मन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत
मंसिर १०, २०८१ सोमबार
धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
मंसिर १०, २०८१ सोमबार
विश्वमा हरेक १० मिनेटमा एक महिलाको मृत्यु : राष्ट्रसंघ
मंसिर १०, २०८१ सोमबार
कुमारी बैंककाे उद्यमी प्रशिक्षण कार्यक्रम माेरङकाे बेलबारीमा
मंसिर १०, २०८१ सोमबार