गठबन्धन भत्काउने षडयन्त्र असफल बनायाैं : प्रधानमन्त्री
नेपालबहस संवाददाता
असोज २८, २०८० आइतबार १३:२४:४२
२८ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन भत्काउने षडयन्त्र विफल भएको बताएका छन् । चितवनको भरतपुरमा आयोजित जखडीमाई सहलगानी, शरदानगर र दिव्यनगरकाे खानेपानी आयोजनाको उद्घाटन कार्यक्रमलाई सम्बोधनका क्रममा उनले संघ र प्रदेशमा सरकारको नेतृत्व गरिरहेको गठबन्धनविरुद्ध अनेकन षडयन्त्र भएपनि त्यसलाई भत्काउन सफल भएको बताए ।
उनले सरकारले समाजवादको आधार तयार पर्न चालेको कदमलाई असफल बनाउन केही राजनीतिक दल लागिरहेको बताउँदै कोशी प्रदेशबाट त्यसलाई असफल पारिदिएको बताए । गठबन्धन पाँच वर्षसम्म जाने समेत दाबी गरे । सरकारले राष्ट्र र जनताको पक्षमा काम गर्न तल्लिन रहेको र कामबाटै विरोधीहरु पाखा लाग्ने उनको भनाइ छ ।
उनले देशभित्रका सबै नागरिकलाई स्वच्छ खानेपानी उप्लब्ध गराउन सरकार कटिवद्ध रहेको र त्यसअनुप काम भइरहेको समेत बताए । सुशासन, सामाजिक न्याय र आर्थिक सम्वृद्धिका पक्षमा सरकारले आफ्नो प्रतिवद्धता पूरा गर्दै गइरहेको बताउँदै राष्ट्रिय स्वाधिनता र स्वतन्त्रतामा पनि सरकार प्रतिवद्ध रहेको बताए । उनले नेपाली भूमि कालापानीको गुन्जी क्षेत्रमा हालै मात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रवेशबारे केही बताएनन् ।
कार्यक्रममा धारणा राख्ने क्रममा प्रचण्ड पुत्री एवं भरतपुर महानगरका प्रमुख रेनु दाहालले दुई वर्षभित्र भरतपुर महानगरका सबै नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
प्रतिबन्धित औषधीसहित झापाबाट एक जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
३३.४१ अंकले बढेर २७१६ मा उक्लियो नेप्से, तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट
मंसिर ११, २०८१ मंगलबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
मनाङ मर्स्याङदीलाई पराजित गर्दै संकटा विजयी
मंसिर ११, २०८१ मंगलबार
पहिलो हिट फिल्म भए पनि काम पाइन: अल्लु अर्जुन
मंसिर ११, २०८१ मंगलबार
एसीसी यु-१९ एसिया कप खेल्ने नेपाली टोलीको बिदाइ
मंसिर ११, २०८१ मंगलबार