ग्लोबल आइएमईकाे साथमा दशैं रमाइलो, विभिन्न डिजिटल कारोबारहरुमा छुटैछुट
नेपालबहस संवाददाता
असोज २८, २०८० आइतबार १३:२५:४४
२८ असाेज, काठमाडाैं । ग्लोबल आइएमई बैंकले वडा दशैंको अवसरमा “ग्लोबल आइएमई बैंकको साथमा दशैं रमाईलो” भन्ने नारा सहित विभिन्न डिजिटल कारोबारहरूमा छुट तथा क्यासब्याक योजनाहरु सार्वजनिक गरेको छ ।
बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुले आफुलाई आवश्यक सरसामानहरु खरिद गर्दा बैंकको कार्ड प्रयोग गरी POS मेसिनबाट भुक्तानी गर्दा रु. ३०० देखी रु. ५०० सम्मको नगद फिर्ता हुनेछ । यस नगद फिर्ता योजना मार्फत बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुले योजना अवधिभर कम्तीमा रु. १००० को ३ वटा कारोबार गरेमा रु. ३०० तथा ५ वा सोभन्दा बढि पटक कार्डको प्रयोग गरी भुक्तानी गरेमा रु. ५०० को नगद फिर्ताबाट लाभान्वित हुनेछन् ।
यो योजना असोज २८ गते अर्थात घटस्थापनाको दिन देखि कात्र्तिक ७ गते अर्थात वडा दशैं (दशमी) को दिन सम्म लागू हुनेछ । साथै, बैंकले आफ्नो मोबाईल बैंकिङ प्रयोगकर्ताहरुलाई लक्षित गरी छुट योजना पनि सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत बैंकका मोबाईल बैंकिङ प्रयोगकर्ताहरुले आफुलाई आवश्यक सरसमानहरु खरिद गर्दा क्यूआर कोड स्क्यान मार्फत भुक्तानी गर्दा ‘DASHAIN’ प्रोमो कोड प्रयोग गरी आफ्नो खरिद मूल्यमा तुरुन्तै १०% वा अधिकतम रु. ३०० सम्मको नगद छुट पाउनुहुनेछ । यो योजना असोज २८ गते अर्थात घटस्थापनाको दिन देखि कात्र्तिक ७ गते अर्थात बडा दशैं (दशमी) को दिनसम्म साँझ ५ बजेदेखि बेलुका ८ बजेसम्म लागू हुनेछ ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५० शाखा, ३६९ एटीएम, ३२२ शाखा रहित बैंकिङ सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
कात्तिक ३०, २०८१ शुक्रबार
मंसिरका लागि वाणिज्य बैंकहरुको निक्षेप र व्यक्तिगत मुद्दतीमा दिने अधिकतम औसत ब्याजदर घट्यो
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
अन्नपूर्ण आधार शिविर र पदमार्गमा सरसफाइ
मंसिर १, २०८१ शनिबार
चिसो बढेपछि लिमी सीमा प्रहरी चौकी सिमकोटमा स्थानान्तरण
मंसिर १, २०८१ शनिबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
मादी नदीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति
मंसिर १, २०८१ शनिबार
जुनको उज्यालोमा मकै सुकाउने पर्व
मंसिर १, २०८१ शनिबार
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
मंसिर १, २०८१ शनिबार