परिच्छेदको निर्देशनमा ‘महाराजधिराज’ निर्माणको घोषणा
नेपालबहस संवाददाता
असोज २८, २०८० आइतबार १३:२९:५१
२८ असोज, काठमाडौं । गतबर्ष फिल्म ‘प्रेमगञ्ज’ निर्देशन गरेर तारिफ कमाएका निर्देशक परिच्छेद सेनले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । घटस्थापनाको अवसर पारेर नयाँ फिल्म ‘महाराजधिराज’ निर्माणको घोषणा गरिएको हो ।
परिच्छेदकै लेखन रहेको यो फिल्मका प्रस्तुतकर्ता बिराज बिष्ट हुन् । बिराजले यसअघि फिल्म ‘बुलाकी’ निर्माण गरेका थिए । यो फिल्मले चलचित्र विकास बोर्डले आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८०’मा विशेष फिल्मको अवार्ड समेत पाएको थियो । टोपेन्द्र बिष्टको लगानीमा तयार हुने फिल्मले रोमान्टिक तथा सामाजिक कथा प्रस्तुत गर्ने निर्देशक सेनले जानकारी दिएका छन् ।
छत्रेश्वरी म्यानेजमेन्ट प्रालीको ब्यानरमा निर्माण हुने फिल्मको निर्माण घोषणासँगै प्रदर्शन मिति पनि तय गरिएको छ । फिल्मलाई वि।सं २०८१ सालको तिहारमा रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको हो । फिल्मका लागि कलाकार भने तय गरिएको छैन ।
फिल्ममा सह–निर्देशकको रूपमा काम गर्दै आएका परिच्छेदले ‘प्रेमगञ्ज’बाट आफूलाई एक सशक्त निर्देशकको रूपमा पुष्टि गरेका थिए । यसैले, उनको नयाँ फिल्मको प्रतीक्षा दर्शकमा छ । ‘महाराजधिराज’बाट दर्शकले आफूप्रति गरेको विश्वासलाई अझै बलियो तरिकाले प्रस्तुत गर्ने परिच्छेदले बताएका छन् ।
परिच्छेदले प्रेमगञ्ज अघि ‘मोदर र स्ट्राइक’ नामका सट फिल्म पनि निर्देशन गरिसकेका छन् । यी दुवै फिल्मले दुई दर्जन अन्तर्राष्ट्रिय अवार्ड समेत जितेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक
पुष २३, २०८१ मंगलबार
लघु चलचित्र ‘एक जोर जुत्ता’ निर्माण, विद्यार्थीहरुको लागि प्रदर्शन गरिने
पुष २३, २०८१ मंगलबार
किम्फ चलचित्र महोत्सव दमकमा हुने
पुष २१, २०८१ आइतबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
कांग्रेस नेता डा. कोइराला लण्डनमा
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार