नेपालको दोस्रो जित, बिहीबार साउदी अरेबियासँग खेल्ने
नेपालबहस संवाददाता
असोज २८, २०८० आइतबार १३:५६:६
२८ असोज, काठमाडौं । नेपालले एसीसी यु १९ प्रिमियर कप क्रिकेटमा आइतबार बहराइनलाई ७ विकेटले पराजित गरेको छ । मलेसियामा भइरहेको प्रतियोगितामा नेपालले लगातार दोस्रो विजय हात पारेको हो । नेपालले अब बिहीबार साउदी अरेबियासँग समूह चरणको अन्तिम खेल खेल्ने छ ।
दीपेश कँडेल र दुर्गेश गुप्ताले धारिलो बलिङ गरेपछि क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा टस जितेर ब्याटिङमा आएको बहराइनलाई नेपालले ३७.५ ओभरमा ७७ रनमा अलआउट गरेको थियो । बहराइनबाट मोहम्मद बसिलले ७७ बल खेली २ चौका र २ छक्का प्रहार गरी ३४ रन बनाउनुबाहेक बहराइनबाट अन्यले दोहोरो स्कोर बनाउन सकेनन् ।
नेपालबाट दीपेशले ६ र दुर्गेशले ४ विकेट लिए । हेमन्त धामीसँग नयाँ बल लिएर आएका स्पिनर दीपेशले ९.५ ओभरमा ८ मेडन राख्दै ४ रनमात्र खर्चेका थिए । दुर्गेशले ८ ओभरमा १ मेडन राख्दै २२ रन खर्चे ।
जवाफमा नेपालको सुरुआत राम्रो रहेन । दीपक बोहरा, ४, उत्तम थापामगर शून्य र दीपक डुम्रे १ रनमै आउट भएका थिए । ओपनर अर्जुन कुमाल र कप्तान देव खनालले समान अविजित ३२ रन बनाउदै नेपाललाई विजयी बनाए । अर्जुनले ३१ बल खेली ५ चौका र देवले २७ बल खेली ४ चौका र १ छक्का प्रहार गरे । देव खनालको शतकमा नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ रनले पराजित गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
मंसिर १४, २०८१ शुक्रबार
जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
मकवानपुरमा छुट्टाछुटै घटनामा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार