दशैंका लागि उपत्यकामा ल्याइएका खसी-बोका स्वस्थ भए नभएको जाँच गरिँदै
नेपालबहस संवाददाता
असोज २८, २०८० आइतबार १४:२१:२६
२८ असोज, काठमाडौं । दशैंका लागि काठमाडौं उपत्यकामा भित्रिएका खसी–बोकाको स्वास्थ्य परीक्षण सुरु भएको छ । कागेश्वरी मनोहरा नगरपालिकाले उपत्यका बाहिरबाट नगरपालिका क्षेत्रभित्र भित्रिएका खसी–बोकाको स्वास्थ्य जाँच गर्न थालेको हाे ।
घटस्थापनादेखि नवमीको दिनसम्म रोगी र निरोगी खसीबोका छुट्याउने काम हुने नगरपालिकाका पशु सेवा प्राविधिक शाखाले जनाएको छ । शाखाले केन्द्रीय पशु सेवा विभाग र पशु क्वारेन्टाइन बुढानिलकण्ठसँगको सहकार्यमा नगरपालिकाले खसीबजारमा गएर जिउँदो खसीको स्वास्थ्य परीक्षण गर्न थालेको हो ।
शाखाका अनुसार ज्वरो नाप गरिने र बिरामी खसी बोकालाई रातो चिन्ह लगाएर छुट्याउने गरिएको छ । परीक्षणले रेविज लगायत पशुबाट पनि मानिसमा केही रोग सर्न सक्ने जोखिम समेत कम गराउने शाखाको दाबी छ ।
शाखाले वडा नम्बर ६ मुलपानी क्षेत्रका खसीबजारमा आइतबार व्यापारीहरुले बिक्रीका लागि राखेका खसीबोकाको स्वास्थ्य परीक्षण गरेको छ । दशैंमा बिक्री गर्न व्यापारीहरुले सिन्धुपाल्चाेक, दाेलखा, रसुवा लगायत जिल्लाबाट खसी, बाेका, च्याङग्रा उपत्यकाका भक्तपुर, ललितपुर, काठमाडाैंका विभिन्न स्थानमा ल्याइपुर्याएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार