राजनीतिक अडानमा गिरिजाबाबु झै देखिए डा. शेखर
नेपालबहस संवाददाता
असोज २८, २०८० आइतबार १४:२६:४३
नेपाली कांग्रेसले इतिहासको कालखण्डमा केही त्यस्ता निर्णय र अडानहरु लिएको छ जसले देशको सिंगो राजनीतिलाई नै तरंगित मात्रै तुल्याएको छैन, आफ्नो अस्तित्वलाई पनि उत्तिकै बुद्धिमतापुर्ण तवरले जोगाएको पनि छ । विगतदेखि वर्तमानसम्म आइपुग्दा कांग्रेसलाई अन्य राजनीतिक दललेभन्दा पनि आफै भित्रका अवसरवादीहरुले पटक पटक हमला गरेको देखिन्छ ।
२००७ सालदेखि २०१५ सालसम्म आइपुग्दा नेपाली कांग्रेसले ब्यहोर्नु परेका कठिनाई र जनतामा नेपाली कांग्रेसप्रति छरिएका गलत प्रचारबाजीलाई नेपाली कांग्रेसको त्यसवेलाको नेतृत्वले अत्यन्तै सुझबुझपुर्ण तवरले सम्याउन सफल भएको थियो । त्यसपछिका एकाध बर्ष सरकार सञ्चालन र बहुदलीय ब्यवस्थाको ब्यवस्थाको चटारो दुबै कुरालाई नेपाली कांग्रेसको संयुक्त नेतृत्वले सम्हालेको इतिहास छ । जनताका सरकाप्रतिका असिमित आशा र राजाका कुदृष्टिका बिचमा सरकार र पार्टी चलाएर लैजानु चानचुने कुरा थिएन ।
२०१७ को राजनीतिक कू पछि नेपाली कांग्रेस भित्र कटमरिएका काँचाहरु र पटाहा लाउदा उछिट्टिएका डल्लाहरुले सिंगो नेपाली कांग्रेसलाई सिध्याउन गरेका कुप्रचार र राजा महेन्द्रसँग लम्पसार पर्न गएका आफ्नै सहोदरहरुबाट कसरी नेपाली कांग्रेसलाई बचाएर ल्याए होलान ? अचम्म लाग्छ । अहिलेका ठेट्नाहरुको रवैया हेर्दा नेपाली कांग्रेसलाई दुहुनु गाईको रुपमा दुहीरहने, तर घाँस, पानी, कुँडो केही पनि नहाल्ने प्रवृत्तिका अवसरवादीहरुको हर्कतले स्पष्ट पार्दछ ।
पार्टी अनुसासन र एकताबाट मात्रै मजबुत हुन्छ । कागजमा लेखिएका कोरा आदर्श र शिद्धान्तले मात्रै पार्टी संगठन बलियो हुदैन भन्ने कुराको ज्वलन्त उदाहरण महामानव विश्वेश्वरप्रसाद कोइरालाको देहावसान पछि नेता त्रयले देखाएको अभुतपुर्व एकता र सामुहिक रुपमा गरिएको पार्टी सञ्चालनले पुष्टि गर्छ । सामुहिक निर्णयवाट सञ्चालन भएको पार्टी गिरिजाबाबुको एकल नेतृत्व हाबी हुँदा पार्टी नै फुटेको तितो यथार्थमालाई पनि हामीले भुल्नु हुदैन । सामुहिक नेतृत्वको अभावमा कसरी गणेशमानजी र किसुनजीले आफ्नो जीवनको उत्तरार्धमा आफैले जन्माएको सन्तानभन्दा पनि प्यारो नेपाली कांग्रेसबाट सदाका लागि अलग हुने घोषणा गर्न पुगे त्यस परिस्थितिको नजरअन्दाज अहिलेको कांग्रेस नेतृत्वले अझैसम्म पनि गर्न सकेको देखिदैन ।
बिगतमा भए गरेका गल्तीबाट सिक्दै बर्तमानलाई नेपाली जनताको हितमा काम गर्ने र भबिष्यमा नेपाली कांग्रेसलाई बेदाग आउने युवापुस्तामा हस्तान्तरण गर्नु बर्तमान कांग्रेस नेतृत्वको जिम्मेवारी थियो तर दुर्भाग्य यस्तो हुन सकिरहेको देखिदैन । जसरी र जे गरेर भएपनि आफू सत्ता र शक्तिमा टिकिरहने र आफनै परिवारका सदसयहरुलाई नै घोक्रेठ्याक लगाई छिमेकीसँग अनैतिक सम्बन्ध गाँसि रहने प्रबृत्तिले नेपाली कांग्रेसका आम नेता तथा कार्यकर्ताहरु रुष्ट मात्रै बनेका छैनन् बिद्रोहको ज्वारभाटा निकाल्नसक्ने अवस्थामा पुगेका देखिन्छन् ।
यसैको परिणामस्वरूप कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्कीले आफ्नै पार्टी नेतृत्वको खिलाफमा उम्मेदवारी दिन पुगेका हुन । मुख्यमन्त्री एउटा पद मात्रै हो, यो कुनै बहुमुल्य धातु वा संजिवनीको बुटी थिएन तर नेतृत्वले सिंगो नेपाली कांग्रेस पार्टीलाई नै मिटियामेट बनाउने अवस्थामा पुर्याएपछि त्यसका बिरुद्धमा उठेको आगोको सानो झिल्को मात्रै हो जसलाई बेलैमा निभाउने प्रयत्न नगरे यसले डढेलोको रुप लिने अनुमान लगाउन सकिन्छ ।
पार्टी अप्ठ्यारो र गलत बाटोमा हिडदा हिजो गिरिजाबाबुले जुन अडान र हिम्मतका साथ नेपाली कांग्रेसलाई हिडाउनु भएको थियो जस्ता प्रकारले पार्टीको नेतृत्व सम्हाल्नु भएको थियो, जसरी विघठित प्रतिनिधि सभा पुनःस्थापनाको एकल मुद्दामा भिष्मपितामह झै खडा हुनुभएको थियो त्यसैगरि कोशी प्रदेशको मुख्यमन्त्री माओबादीलाई सुम्पनु हुँदैन भन्ने कुरामा बरिष्ठ नेता डा. शेखर कोइराला उभिन सफल भएका छन् । नेपाली कांग्रेस पार्टी सिध्याउने खेलमा प्रतिपक्षी दलमात्रै हैन स्वयम् सरकारमा सँगै सामेल भएका दलहरु नै लाग्न थालेपछि डा. शेखर कोइराला पार्टीको अस्तित्व रक्षाका लागि सतिसाल झै उभिए । उनले कोशी प्रदेशमा नेपाली कांग्रेसको सांसदलाई मुख्यमन्त्री मात्रै बनाएनन् सिंगो नेपाली कांग्रेसलाई अवसानको बाटोमा जानबाट रोकेका छन् ।
अत्यन्तै धैर्य र सहनशील नेता डा. शेखरलाई जसरी र जे गर्दा पनि हुन्छ, आफ्नो स्वार्थका लागि पार्टीको अस्तित्व नै दाउमा राख्दा पनि हुन्छ भन्नेहरुका लागि यो एउटा गतिलो झापड हुनसक्छ भने नेपाली कांग्रेसका निस्ठावान र इमानदार नेता तथा कार्यकर्ताहरुका लागि एउटा नयाँ आशाको सञ्चार पनि हुनसक्छ ।
जेसुकै होस, अहिलेका लागि नेपाली कांग्रेस ठुलो दुर्घटना हुनबाट जोगिएको छ । बर्तमानमा केही नबुझी बहुलाउनेहरु पनि समयको अन्तरालसँगै यथार्थलाई बुझि सहि राजनीतिक मारगमा आउने छन् । नेपाली कांग्रेस कसैको ब्यक्तिगत स्वार्पुर्तिको साधन मात्रै होइन यो पुर्खाको रगत, पसिना र त्यागले सिर्जित र सिञ्चित मन्दिर हो भन्ने कुरा अब कांग्रेसको बर्तमान नेतृत्वले नबुझे प्रदेशको बिद्रोहले संघीय सरकारलाई समेत ताप र राप दिन पछि नपर्ने अनुमान लगाउन सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
नागरिक पहिलो अभियानकाे गैर दलीय राजनीतिक अभियान बारे
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
लेनडाँडा सुरुङमार्गको 'ब्रेक थ्रु'
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने
जेठ ४, २०८१ शुक्रबार
मालिक रिसाउनुमा यी ग्रहको भूमिका, जान्नुहोस् हाकिमको स्वभाव
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद, सबैले लिए शपथ
जेठ ४, २०८१ शुक्रबार
आजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
भलिबल खेलाडीलाई सेनाको सहयोग
जेठ ४, २०८१ शुक्रबार