विभिन्न स्थानबाट लागूऔषधसहित ९ जना पक्राउ
नेपालबहस संवाददाता
असोज २८, २०८० आइतबार १७:१९:७
२८ असोज, काठमाडौं । देशका विभिन्न स्थानबाट प्रहरीले लागुऔषध कारोवारको आरोपमा ९ जनलाई पक्राउ गरेको छ । कञ्चनपुरको बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ ग्राम २ सय १० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका(१३ कैलाली गाउँ बस्ने २३ वर्षीय सन्तोष राना र २२ वर्षीय सिवा राना रहेका छन् । ईलाका प्रहरी कार्यालय बेल्डाडीबाट खटिएको प्रहरीले से ५ प ८४६० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सुनसरीको दुहबी नगरपालिका–३ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन २० ग्राम २ सय ७० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दुहबी नगरपालिका–५ बस्ने २९ वर्षीय श्याम कुमार साह र सोही नगरपालिका-३ बस्ने २८ वर्षीय मनिष खुलाल रहेका छन् ।
विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगर र ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीबाट खटिएको संयुक्त टोलीले को ११ प २८९९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, धरान उपमहानगरपालिका(१६ जुनेली पथ डेरा गरी बस्ने २२ वर्षीय शेर बहादुर सुनुवार र सोही ठाउँ पुरानो बजार बस्ने ३३ वर्षीय सुसन श्रेष्ठलाई नियन्त्रित लागूऔषध स्पास्पेन ४ हजार १ सय ट्याब्लेट र ट्रामाडोल ४ हजार ४ सय क्याप्सुलसहित शनिबार दिउँसो कोशी प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
बर्दियाको गुलरीया नगरपालिका-११ गणेशपुर बोर्डरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ सय ६० मिलिग्रामसहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मधुबन नगरपालिका-८ बस्ने ३३ वर्षीय राम बहादुर थारु र राजापुर नगरपालिका-१० बस्ने २१ वर्षीया सुनिता सिंह ठकुरी रहेका छन् । प्रहरी चौकी महमदपुरबाट खटिएको प्रहरीले भारत लौकाईबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी बर्दियाकै, मधुबन नगरपालिका(२ ओरालीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४० मिलिग्रामसहित सोही नगरपालिका(२ बस्ने २१ वर्षीय दिनेश नेपालीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय ढोढरी बर्दियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै घटनामा संलग्न शंकास्पद १ जनालाई प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार