मिटरब्याज आयोगको म्याद दोस्रो पटक थप, २ महिना काम गर्न पाउने
नेपालबहस संवाददाता
असोज २८, २०८० आइतबार १७:४२:५९
२८ असोज, काठमाडौं । सरकारले अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी न्यायिक जाँचबुझ आयोगको म्याद २ महिना थप गरेको छ । आयोगको काम नसकिएकाले पुरानै कार्यादेशमा रहेर काम गर्ने गरी मंसिर २५ सम्मका लागि पुनः म्याद थप गरेको हो ।
गत चैत २० मा विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा पूर्वएआईजी उत्तमराज सुवेदी र पूर्वसहमहान्यायाधिवक्ता गणेशराज अर्याल सदस्य रहेको आयोगको यसअघि गएको असारमा ३ महिना म्याद थपिएको थियो ।
आयोगमा परेका २८ हजार उजुरीमध्ये अझै ८३ प्रतिशतको हाराहारीमा टुंगो लगाउन बाँकी रहेको जनाइएको छ । ४ हजार ७ सय ३५ उजुरी मात्र फर्स्योट भएका छन् । आयोगले मिटरब्याजी र पीडितलाई स्थानीय प्रशासनको रोहवरमा छलफल गराएर मेलमिलापमार्फत उजुरी किनारा लगाउँदै आइइरहेको छ । आयोगका अनुसार मधेश प्रदेशका ८ जिल्लामा मात्र २१ हजार ५ सय ३५ उजुरी परेका छन् भने पश्चिम नवलपरासीमा १ हजार ८ सय ६२ उजुरी दर्ता भएका छन् ।
मिटरब्याज सम्बन्धी देशका ६७ जिल्लामा उजुरी परेको जनाइएको छ । हालसम्म मिलापत्रबाट टुंगिएका उजुरीमा कुल १ अर्ब ५२ करोड २९ लाख रुपैयाँमा दुवै पक्षबीच सहमति भएको र उक्त रकम साहुहरूले दाबी गरेभन्दा ५ अर्ब ४२ करोड २४ लाख कम रहेको आयोगको दाबी छ । ३७ जिल्लामा उजुरी टुंगाे लागेकाे बताइन्छ ।
साहुहरुले आफूहरुले लिएको भन्दा ब्याज मत्रै १० गुणासम्म बढी रकम बुझाउँदा सावा ब्याज गरी उतिनै रकम बाँकी रहेको दाबी गरेको भन्दै पीडितहरु संघर्षमा उत्रिएका थिए । सोपछि सरकारले समस्या समाधान गर्न आयोग गठन गरेर धनुषाको जनकपुरधाममा कार्यालय राखेर जिल्ला प्रशासन कार्यालय वा सोझै आयोगमा उजुरी आह्वान गर्ने व्यवस्था गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअन्तरिम आदेशपछि लोक सेवा आयोगले स्थगित गर्यो ४९ उपसचिव पदमा बढुवाको प्रक्रिया
मंसिर ३, २०८१ सोमबार
भ्रष्टाचार मुद्दाबाट सफाइ पाएपछि आइतबार हाजिर भएका बैकुण्ठ अर्यालले आज दिए राजीनामा
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
एमालेको जागरण सभामा प्रधानमन्त्री, सत्ता समीकरणको बचाउमै खर्चिए समय
मंसिर ७, २०८१ शुक्रबार
सत्ता पक्षको जागरण सभाले सर्वसाधारणलाई सास्ती
मंसिर ७, २०८१ शुक्रबार
प्रहरीको दमनविरुद्ध मानव अधिकार आयोगको कार्यालय घेराउ गर्न पुल्चोक पुगे सहकारी पीडित
मंसिर ७, २०८१ शुक्रबार
स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदले स्वास्थ्य मन्त्रालयलाई दियो सैद्धान्तिक सहमति
मंसिर ७, २०८१ शुक्रबार