सिरहा प्रहरीले ल्यायो चाडपर्व लक्षित विशेष सुरक्षा योजना
नेपालबहस संवाददाता
असोज २८, २०८० आइतबार १७:५१:४६
२८ असोज, काठमाडौं । बडा दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा सिरहा प्रहरीले ‘चाडपर्व लक्षित सुरक्षा योजना २०८०’ अगाडि याएको छ । चाडपर्वको वेलामा आपराधिक समूहबाट हुनसक्ने चोरी, डकैती, लुटपाट तथा उच्छृङ्खल घटनालाई निरुत्साहित गर्न ९४४ जना प्रहरी जनशक्ति परिचान गर्ने योजना तयार पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पर्वमा अपराधिक तथा उच्छृङ्खल घटना हुन नदिन योजना ल्याइएको हो । सुरक्षाका लागि ५५९ जना बाह्य सुरक्षामा र ३७७ जना रिजर्भ टोलीसहित ९४४ जना प्रहरी जनशक्ति परिचालन गरिने प्रहरी प्रमुख एसपी टेकुनन्द इवा लिम्बूले बताए ।
प्रहरीको नियमित चेकिङ्ग ९ छड्के ५ र ट्राफिक प्रहरीको ८ गरी जम्मा २२ चेकिङ स्थल रहने उनले बताए । पैदल ४०, साइकल १०, मोटरसाइकल ३५, गाडी मोवाइल १२ र एसआरपी÷एलआरपी २२, सादा पोशाक ५ र क्यूआरटी ५ समूहलाई परिचालन गरिने प्रहरी प्रमुख एसपी इवा लिम्बूले बताए ।
प्रहरीले महत्वपूर्ण प्रतिष्ठान, पूर्वपश्चिम राजमार्ग, सहायक तथा हुलाकी मार्ग, बैंक तथा वित्तिय संस्था, सुच चाँदी पसलहरु लगायत मुख्य मुख्य बजारको सुरक्षा ड्यूटीमा खटाइने उनले बताए ।
जिल्लाको सुरक्षा व्यवस्था चुस्त बनाउन विशेष अधिकार प्रत्यायोजक गरी प्रहरी निरीक्षकको कमाण्डमा १० जना प्रहरी जनशक्तिको चाडपर्व लक्षित विशेष सुरक्षा कार्यदल गठन गरिएको छ ।
सूचना संकलन तथा विश्लेषण तथा सम्प्रेशण गर्न विशेष टोली गठन गरिएको छ । सुरक्षा चुनौतीका बारेमा आवश्यक समन्वय र सहकार्य गर्ने व्यवस्था गरिएको छ । प्रहरीले सीमा नाका लगायत ७ स्थानमा यात्रु सहायता कक्ष समेत स्थापना गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेश राज कायस्थ नियुक्त
मंसिर ९, २०८१ आइतबार
आइतबार सुनको भाउ १७ सयले बढ्यो, तोलाको कति ?
मंसिर ९, २०८१ आइतबार
मनकामना केबलकार सञ्चालनको २७औं वर्षमा प्रवेश
मंसिर ९, २०८१ आइतबार
एनएमबि बैंकको संस्थापक शेयर लिलामी खुल्यो
मंसिर ९, २०८१ आइतबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर ९, २०८१ आइतबार