तस्करी गरी ल्याइएका ५१ लाख भन्दा बढीको कम्प्युटर र ल्यापटप पर्सा प्रहरीद्वारा बरामद
आबिद हुसेन
असोज २८, २०८० आइतबार २१:३६:२५
२८ असोज, वीरगञ्ज । भारतबाट तस्करी गरी ल्याइएका ५१ लाख भन्दा बढी मूल्यको कम्प्युटर र ल्यापटपसहितका उपकरण वीरगन्जबाट प्रहरीले बरामद गरेको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ मा स्थानीय अजय सिंहले आफ्नै चार तल्ले घरमा सञ्चालन गरेको ए.डी.कम्प्युटर सप्लायर्समा शनिबार साँझ प्रहरीले छापा मारेर ५१ लाख २६ हजार ७०० रुपैयाँ मूल्यको कम्प्युटर , ल्यापटप , हार्डडिस्क लगायतका उपकरण बरामद गरेको हो ।
सप्लायर्स सञ्चालनमा रहेको घरबाट डेल कम्पनीको सिपियु २१० थान,मोनिटर ४२ थान, डेल कम्पनीको ल्यापटप ८ थान, हार्ड डिक्स ८८ थान,माउस ५५० थान, मोनिटर वायर ३१२थान, सिसिटिभी वायर १८ हजार मिटर, मदर बोर्ड २५ थान, ग्राफिक कार्ड ११ थान, कुलिङ्ग फ्यान १९ थान, ल्यापटपको चार्जर १३१ थान, कम्प्युटर ब्याट्री २०० थान लगायतका उपकरण बरामद गरिएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।
विशेस सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय वीर्ताबाट खटिएको संयुक्त प्रहरी टोलीले सिंहले आफ्नै घरको भुंई तल्लामा सञ्चालन गरेको सप्लायर्समा छापा मार्दा त्यहाँ भन्सार राजश्व छलेर ल्याइएका ती सामग्रीहरू अनाधिकृत रुपमा भण्डारण गरेर राखेको भेटिएपछि बरामद गरिएको थापाले बताए ।
बरामद ती सामग्री आवश्यक कारबाहीको लागि बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालयमा आइतबार पठाइएको जानकारीपनि उनले दिए । सप्लायर्सका सञ्चालक सिंह फरार रहेकोले उनको खोजी भइरहेको थापाले बताए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
शे–फोक्सुण्डोको साल्दाङ डोल्पा
मंसिर ९, २०८१ आइतबार
तारजालीको छेकबारले मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी
मंसिर ९, २०८१ आइतबार
तीन जना डाक्टरले सामुहिक राजीनामा दिएपछि प्रादेशिक अस्पतालको सेवा प्रभावित
मंसिर ९, २०८१ आइतबार
सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेश राज कायस्थ नियुक्त
मंसिर ९, २०८१ आइतबार
आइतबार सुनको भाउ १७ सयले बढ्यो, तोलाको कति ?
मंसिर ९, २०८१ आइतबार