झलनाथ खनाल चीन प्रस्थान, गृहमन्त्री श्रेष्ठ आज जाँदै
नेपालबहस संवाददाता
असोज २९, २०८० सोमबार ११:३५:२६
२९ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाल गएराति चीन प्रस्थान गरेका छन् । चीनको राजधानी बेइजिङमा आयोजना हुने तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ)मा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेको सो पार्टीले जनाएको छ ।
पार्टीका केन्द्रीय विदेश विभाग सचिव डा शङ्कर खतिवडाका अनुसार खनालले अक्टोबर १८ मा आयोजना हुने तेस्रो ‘बीआरएफ’ फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
चीनमा रहँदा खनालले चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु साथै सो कार्यक्रमका लागि विभिन्न मुलुकबाट आउने नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको खतिवडाले बताए । नेपालले चीन अन्तर्राष्ट्रिय विकास नियोग कार्यक्रम बीआरआईको विभिन्न कार्यक्रम स्वीकार गरिसकेको छ । खनालसँगै रविलक्ष्मी चित्रकार र प्राडा युवराज सङ्ग्रौला रहेका छन् । टोली अक्टोबर २२ मा स्वदेश फर्कनेछ ।
गएको भदौ यता मात्र एमालेले, माओवादी केन्द्रका नेताहरुले चीन भ्रमण गरिसकेका छन् । यसपटक एकीकृत समाजवादीले पनि आफ्नो टोली चीन पठाएको हो ।
यसैबीच गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि आज चीन जाँदैछन् । चीनका पब्लिक सुरक्षासम्बन्धी मन्त्री तथा स्टेट काउन्सिलर तथा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय सचिवालयका सदस्य वाङ सियाहोङको निमन्त्रणामा श्रेष्ठ जान लागेका हुन् । उनी आज मध्यान्ह १२ बजे चीन प्रस्थान गर्ने उनका प्रेस सल्लाहकार कमल गिरीले बताए । मन्त्री श्रेष्ठ चीनले आयोजना गर्न लागेको ‘थर्ड बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल को–अपरेसन’मा सहभागी हुनेछन् ।
बिआरआईसम्बन्धी कार्यक्रम कात्तिक १ र २ मा हुँदैछ । कार्यक्रमको उद्घाटन चिनियाँ राष्ट्रपति सी जिनपिङले गर्दैछन् । चिनियाँ राष्ट्रपतिले बिआरआई अवधारणा अघि सारेको एक–दशकका अवसरमा कार्यक्रम हुन लागेको हो । नेपालले सन् २०१७ मेमा बिआरआईको फ्रेमवर्क एग्रिमेन्टमा हस्ताक्षर गरेको थियो ।
श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई, गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई, स्वकीय सचिवद्वय सुरेशकाजी श्रेष्ठ र सुमन आचार्य रहने जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्दै
असोज ४, २०८१ शुक्रबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
भन्सालीको नयाँ फिल्म 'लभ एन्ड वार' अक्टोबरमा फ्लोरमा जाने
असोज ४, २०८१ शुक्रबार
बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव
असोज ४, २०८१ शुक्रबार
मधेस प्रदेशमा कुपोषण समस्या बढ्दै, निःशुल्क उपचार गर्दै प्रदेश सरकार
असोज ४, २०८१ शुक्रबार
च्याम्पियन्स लिगमा एटलेटिको म्याड्रिडको विजयी शुरुवात
असोज ४, २०८१ शुक्रबार
हेडको शतकीय पारीसँगै इङल्याण्डमाथि अस्ट्रेलिया ७ विकेटले विजयी
असोज ४, २०८१ शुक्रबार
बार्सिलोना मोनाकोसँग पराजित
असोज ४, २०८१ शुक्रबार