सेनामा विवाद सिर्जना गर्दै प्रधानमन्त्री प्रचण्ड
नेपालबहस संवाददाता
असोज २९, २०८० सोमबार १२:१३:३८
२९ असाेज, काठमाडौं । नेपाली सेनालाई राजनीतिबाट टाढा राख्नु पर्ने भए पनि नेकपा माओवादी सरकारमा आएपछि सेनामा विवाद आउने गरेको छ । सहायक रथी यामबहादुर अधिकारीको म्याद थपको विषयलाई लिएर अहिले विवाद चलिरहेका बेला प्रधानमन्त्री आफैंले सैनिक नियमावली तथा सैनिक ऐन संशोधनमा चासो राखेपछि यसले झन ठूलो विवाद ल्याएको हो ।
पहिलो पटक माओवादी सरकारमा आउँदा रुक्मांगद कटवाललाई हटाएर कुलबहादुर खड्कालाई प्रधानसेनापति बनाउन खोजेपछि माओवादी र सेनाको बीचमा सम्बन्ध बिग्रेको मात्र होइन सरकार नै गएको थियो । अहिले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सैनिक नियमावली, २०६९ संशोधनमा चासो राखेका छन् । नेपाली सेनाको सहायक रथी र उपरथी बढुवाका लागि सहजीकरण सैनिक नियमावली संशोधनमा प्रधानमन्त्री दाहालले चासो राखेका हुन् । माओवादी लडाकुबाट नेपाली सेनामा समायोजन भएर आएका यामबहादुर अधिकारीलाई सहायक रथीमै थप तीन वर्ष विशेष पदमा म्याद थप गरेपछि प्रधानमन्त्री दाहालले नियमावली संशोधनबारे चासो राखेका थिए । सहायक रथीबाट उपरथीमा बढुवा गर्दा नेशनल डिफेन्स कोर्ष, रोयल कलेज अफ डिफेन्स स्टडिज, वार कलेज, डिफेन्स एण्ड स्ट्राटेजिक स्टडिज (नेशनल डिफेन्स युनिभर्सिटी) मध्ये कुनै एक तालिम गरेको हुनुपर्ने भनिएको छ । कम्तीमा एक वर्ष वाहिनी कमाण्ड गरेको हुनुपर्ने पनि भनिएको छ ।
तर नियमावलीको दफा ३८ को उपदफा १६ मा यस नियमावलीमा जुनसुकै कुरा लेखिएको भएपनि यो उप-नियम प्रारम्भ हुँदाको बखत गणपति तालिम प्राप्त गरिसकेको सेनानी माथिल्लो पदमा बढुवा गर्न योग्य मानिन्छ भनिएको छ । नियमावलीमा स्टाफ कलेज गरेका तर, तालिम नगरेका सहायक रथीहरूबाट ५ प्रतिशत ज्येष्ठता क्रम अनुसार बढुवा समितिले सिफारिस गर्ने प्रावधान छ । यही छिद्रको दुरुपयोग हुनेमा नेपाली सेनाभित्र ठूलो त्रास उत्पन्न भएको छ । सैनिक नियमावली अनुसार सहायक रथी पदमा बढुवा हुनका लागि एक्काइस वर्ष र उपरथी पदमा बढुवा हुनका लागि तेइस वर्ष पुग्नु पर्छ । अहिले सहायक रथीबाट उपरथीमा बढुवाका लागि सन्तोषबल्लव पौडेल,पवनकुमार घिमिरे, चोकबहादुर ढकाल, अनुपजंग थापा, मधुकर कार्की र यामबहादुर अधिकारी लगायत छन् ।
उनीहरू एकै पटक बढुवा हुने भन्दा पनि फरक फरक मितिमा बढुवा हुनेछन् । कात्तिक ११ गते अवकाश हुन लागेका बलाधिकृत रथी सरोज प्रताप राणा आइतबारबाट विदामा बसिसकेका छन् । त्यस्तै अर्का रथी सीताराम खड्का पनि पुस ३ गते घर जाँदैछन् । उनीहरूले अवकाश पाएपछि प्रधानसेनापति प्रभुराम शर्माले ताराध्वज पाण्डे र अशोकराज सिग्देललाई बढुवा गर्नेछन् । यदि उनीहरूको बढुवा रोकिएमा सेनाको नेतृत्व नै खल्बलिने छ । विगतमा नेपाल तारा पदवी पाउन लायक नोवेल शाह र रमेश थापामगरलाई म्याद थप गर्नबाट रोकेर सैनिक सेवाबाटै हटाई योग्यता अपुग रहेकै अवस्थामा हालका सहायक रथी याम बहादुर अधिकारीलाई बढुवा गरिएको र अहिले पनि प्रधानमन्त्रीले सैनिक नियमावली संशोधनमा चासो राख्नुले सेनाभित्र त्रास उत्पन्न भएको छ ।
यही समयमा उपरथी सहदेव खड्काको पनि अवकाश हुने भएकाले उपरथीमा रिक्त हुने पदको संख्या पनि बढ्दैछ । जसले गर्दा अझै बढी शंकाको लाभ दिएको स्रोतले जनाएको छ । २०७६ मै चार वर्ष म्याद थपिएका अधिकारीको सेवा अवधि सरकारले फेरि असोज १ गतेबाट तीन वर्षको लागि थप गरेपछि सत्ता साझेदार दलभित्र पनि यस बारेमा असन्तुष्टि पैदा भएको छ । प्रधानसेनापति बेलायत भ्रमणमा सहायक रथी अधिकारीलाई सैनिक सचिवको महत्वपूर्ण जिम्मेवारी दिएर तालिम विभागमा काजमा खटाएका थिए ।
प्रधानमन्त्री दाहालको विशेष आग्रहमा माओवादी लडाकुबाट सेनामा आएकाहरूको तालिमको अवसर लगायतको वृत्ति विकासमा सहयोग पुग्ने गरी उनलाई त्यहाँ खटाउनुका साथै अब रिक्त हुने उपरथी पदमा उनको बढुवाका लागि सहजीकरण गर्न नियमावली संशोधनबारे प्रधानमन्त्रीले चासो राखेका हुन । यो विषयमा नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पनि चासो राखेका थिए । उनले सेनाको कुनै पनि संरचना खल्बलिन गरी बढुवा गर्नु नहुने भन्दै चासो राखेका हुन । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली सेनाको नियम परिवर्तन गरेर माओवादीका पूर्व लडाकुसमेत रहेका सहायक रथी यामबहादुर अधिकारीको म्याद थपिएको र अब हुने चलखेलमा पनि असन्तुष्टि जनाएका छन् ।
नेता कोइरालाले आइतबार बिहान सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाउँदै नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैं राजनीतिबाट अलग रहेको संस्थामा माओवादीको पूर्व लडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल भएको समेत उनले आरोप लगाएका छन् । सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने भन्दै कोइरालाले यस्तो निर्णय आफूहरूलाई मान्य नभएको पनि बताएका छन् । ‘नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैं राजनीतिबाट अलग रहेको संस्थामा माओवादीको पुर्व लडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन,’ आइतबार बिहान उनले ट्वीट गर्दै भनेका छन्, ‘सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगरौं । सम्बन्धित निकायहरूलाई यो कुराको हेक्का होस् ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली सेनाद्वारा 'प्रेसर कुकर बम' निष्क्रिय
पुष ५, २०८१ शुक्रबार
प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता
मंसिर ३०, २०८१ आइतबार
प्रधानसेनापति सिग्देलले गरे भारतीय अधिकृत क्याडेटको कवाज निरीक्षण
मंसिर २९, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार
रुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार