इएर केयर नेपालले मनायो दशौँ वार्षिकोत्सव
नेपालबहस संवाददाता
असोज २९, २०८० सोमबार १३:०:३४
२९ असोज, काठमाडौं । नेपालमा बहिरोपनको समस्या बढीरहेका बेला यसको निराकरणका लागि काम गर्दै आएको गैरनाफामुलक सामाजिक संस्था हो इएर केयर नेपालले आफ्नो सक्रियता अझै बढाएको छ । जसले आइतबार आफ्नो दशौँ वार्षिक उत्सव पनि मनाएको छ ।
ललितपुरमा एक कार्यक्रमको आयोजना गरेर इएर केयर नेपालले कानको सुरक्षा कसरी राख्ने भन्ने विषयमा बृहत जनचेतामुलक कार्यक्रमको आयोजना गरेको छ । सो अवसरमा बोल्दै इएर केयर नेपालकी संस्थापक अध्यक्ष डाक्टर मिलन मर्हजनले यो रोगको समयमा नै निराकरण गर्न नसके मानिसले कानै सुन्न नसक्ने अवस्थामा पुग्न बाध्य हुने बताइन् । उनले आफूले खाईपाई आएको आकर्षक जागिर छाडेर एयर केयर नेपालको स्थापना गर्दाका चुनौतीहरुबारे बताएकी थिइन् ।
उनले नेपालमा बहिरोपनको मुख्य कारण कान पाक्ने रोग भएको बताउँदै नेपालमा १६ वर्ष भन्दा कम उमेरका बालबालिकामा ५० प्रतिशत भन्दा बढी बहिरोपना , जनचेतना र उचित प्राथमिक उपचारद्धारा रोकथाम गर्न सकिने बताइन् । त्यस्तै कार्यक्रममा संस्थाका उपाध्यक्ष पुरु रिसालले अहिलेको यो अवस्थासम्म आइपुग्न मद्दत गर्ने आफ्नो टिमको बारेमा खुलेर प्रशंसा गरेका थिए । रिसालले एयर केयर नेपालको मुख्य उद्देश्य जनचेतना फैलाउनु तथा प्राथमिक शिक्षाबाट बालबालिकालाई बहिरो हुनबाट जोगाउनु भएको बताए । उनले यो संस्थाले सरकारी स्कुलका बालबालिकाहरुमा देखा परेको कानको समस्याको निराकारणका लागि एयर केयर नेपाल लागिपरिरहेको बताए ।
सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बुद्ध धर्मालम्बी गुरु रिम्पोचे डाक्टर मिलनको संघर्षको खुलेर प्रशंसा गरेका थिए । उनले इएर केयर नेपालले आज मनाइरहेको १० वर्षे उत्सब धेरै पटक मनाएको देख्न पाइयोस् भन्दै मुक्तकण्ठले संस्थाको प्रगतीको कामना समेत गरे । त्यस्तै नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले इएर केयर नेपालजस्तो समाजका लागि लागिपर्ने र बालबालिकाको क्षेत्रमा अग्रसर संस्थालाई सरकारले हातेमाले गरेर लैजाने प्रतिवद्धता जनाएका छन् । डाक्टर पोखरेलले स्वास्थ्य मन्त्रालयसँग जोडीएर यो क्षेत्रमा काम गर्न एयर केयर नेपाललाई आग्रह गर्दै अहिलेसम्म संस्थाले पुर्याएको योगदानको प्रशंसा समेत गरेका थिए ।
यो संस्थाले सरकारी स्कुलहरूमा कान परिक्षणको स्वास्थ्य शिविरहरु गर्दै आइरहेको छ । जसले दुर्गम कालीकोट, मुगु हुम्ला जुम्ला, पाल्पा, काभ्रे लगायतका जिल्लाहरूमा पुगेर स्वास्थ्य शिविरको आयोजना गरिसकेको छ भने अन्य जिल्लाहरूमा पनि शिविरको तयारी गरिरहेको संस्थाकी अध्यक्ष डाक्टर मर्हजनले बताइन् । कानको जटिल समस्या भएका बालबालिकाहरूको कानको शल्यक्रिया गरेर पुन आवाज भरिदिने काम इयर केयरले गरेको छ । यो संस्थाले अहिलेसम्म १ हजार बढी बालबालिकाहरुको कानको शल्यक्रिया गरिसकेको छ ।
कानको समस्यालाई सामान्य समस्या नठानी तेल, घर्यायसी तरल पर्दथे राख्न नहुने कुरामा इएर केयर नेपालले सचेतना फैलाउँदै आएको छ । कानलाई सुरक्षीत राख्नका लागि कानमा फोहोर औँलाले, प्वाँख अनि कनकने जस्ता बस्तुले कोट्याउन हुँदैन । बच्चालाई कहिल्यै पनि सुतेर दुध खुवाउनु हुँदैन । पौष्टिक आहार र सफाईको ध्यान राख्नुपर्छ र समयमा सबै खोप लगाउनुपर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमिस्टर काठमाडौंको उपाधि जितेको चार दिनमै प्रकाशको निधन
असोज २, २०८१ बुधबार
पैगम्बर मोहम्मदको जन्मजयन्तीमा शान्ति र्याली
असोज १, २०८१ मंगलबार
करम पूजामा सार्वजनिक बिदा दिने निर्णय
भदौ ३१, २०८१ सोमबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
हुम्लामा खाद्यान्नमा सहुलियत, प्रतिकेजी रु पाँच छुट
असोज ४, २०८१ शुक्रबार
अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौंमा
असोज ४, २०८१ शुक्रबार
संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा
असोज ४, २०८१ शुक्रबार
भन्सालीको नयाँ फिल्म 'लभ एन्ड वार' अक्टोबरमा फ्लोरमा जाने
असोज ४, २०८१ शुक्रबार
बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव
असोज ४, २०८१ शुक्रबार
मधेस प्रदेशमा कुपोषण समस्या बढ्दै, निःशुल्क उपचार गर्दै प्रदेश सरकार
असोज ४, २०८१ शुक्रबार