सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा दुई दिन वर्षा हुने
नेपालबहस संवाददाता
असोज २९, २०८० सोमबार १३:३५:१८
२९ असोज, काठमाडौं । यस वर्षको मनसुन आइतबार (असोज २८) नेपालबाट बाहिरिएको छ । नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ रहेकामा यस वर्ष १३ दिन ढिलो बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यस वर्षको मनसुन जेठ ३१ (जुन १४) मा भित्रिएको थियो ।
यस वर्षको मनसुन एक सय २४ दिन जति नेपालमा रहेको मौसमविद् शान्ति कँडेलले राससलाई जानकारी दिए । उनका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेकाले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।
पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा दुई दिन वर्षा हुने कँडेलले जानकारी दिनुभयो । उनका अनुसार आज र भोलि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना रहेको छ । यो प्रणाली क्रमशः पूर्वतिर सर्दै जाँदा कमजोर बन्दै जाने उनको भनाइ थियो ।
श्चिमी भूभागमा गएराति पनि वर्षा भएको थियो । सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा असिनासमेत पर्दा बालीनालीमा क्षति पुर्याएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रही सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यय वर्षाको सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ ।
काठमाडौँको वायुको तापक्रम १९ डिग्री सेन्टिग्रेड रहेको तथा पारदर्शिता ६ किलोमिटरभन्दा धेरै रहेको मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । उनले भने, “आज काठमाडौँमा अधिकतम तापक्रम २५ देखि २७ डिग्री सेन्डिग्रेडको बीचमा रहने सम्भावना रहेको र दिउँसोतिर काठमाडौंमा हल्का वर्षा हुन सक्ने सम्भावना छ ।”
आज राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीद्वारा पूर्वराष्ट्रपति कार्टरको निधनप्रति दुःख व्यक्त
पुष १५, २०८१ सोमबार
नेपाली संस्कृतिले अन्तर्राष्ट्रिय तहमा राष्ट्रको गौरव बढाएको छ : अध्यक्ष नेपाल
पुष १५, २०८१ सोमबार
संस्कृति र संस्कारको संरक्षण राज्यको दायित्व : अध्यक्ष दाहाल
पुष १५, २०८१ सोमबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
क्रूर नरसंहारमा भाग लिने हमास लडाकूहरूलाई मार्ने इजरायलको घोषणा
पुष १५, २०८१ सोमबार
गोरु जुधाइ प्रतियोगिता
पुष १५, २०८१ सोमबार
किवीको 'जाम' र 'वाइन' बनाउँदै दुप्चेश्वर गाउँपालिका
पुष १५, २०८१ सोमबार
चिसोका कारण हुने बिरामीको सङ्ख्यामा वृद्धि, सावधानी अपनाउन आग्रह
पुष १५, २०८१ सोमबार
युक्रेनमा पश्चिमी शान्ति सैनिकको रुसद्वारा विरोध
पुष १५, २०८१ सोमबार
च्याउको गुणस्तरीय बिउ उत्पादनमा ध्यान दिन कृषि मन्त्री अधिकारीको आग्रह
पुष १५, २०८१ सोमबार