माओवादी केन्द्रले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने
नेपालबहस संवाददाता
असोज २९, २०८० सोमबार १५:५१:४८
२९ असोज, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले एमालेको समर्थनमा कांग्रेसबाट कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ ।
केन्द्रको आज सोमबार बसेको कोशी प्रदेश सचिवालय बैठकले पार्टी केन्द्रीय कमिटीको सहमति लिएर विश्वासको मत दिने निर्णय गरेको माओवादी केन्द्र प्रदेश सचिवालयले जनाएकाे छ । शनिबार मुख्यमन्त्री बनेका कार्कीले बुधबार विश्वासको मत लिँदैछन् । यसनिम्ति कोशी प्रदेशसभा सचिवालयले आज एक सूचना प्रकाशित गरेर प्रदेशसभा बैठक आगामी कार्तिक १ गते बस्ने जानकारी प्रदेशसभा सदस्य (सांसद)हरुलाई दिइसकेको छ ।
नेकपा एमालेका ३९ र नेपाली कांग्रेस विद्रोही समूहका ८ सांसदको समर्थनमा कार्की शनिबार मुख्यमन्त्री बनेका थिए । उनीसँगै माओवादी केन्द्रले कांग्रेसका २१ सांसद, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदकाे समर्थन लिएर पार्टीको संसदीय दलका नेता इन्द्र आङबोलाई मुख्यमन्त्री नियुक्तिका लागि अगाडि सारेको थियो ।
तर समर्थक सांसदहरूकाे सनाखत गर्ने क्रममा कार्कीकाे पक्षमा ४७ मत पुगेपछि प्रदेश प्रमुख परशुराम खापुङले उनलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।
९३ सदस्यीय प्रदेशसभाबाट कार्कीले पद जाेगाउन कम्तीमा ४७ सदस्यकाे मत पाउन अनिवार्य छ । उक्त मत पाउन नसक्ने भएकै कारण यसअघि एमालेबाट मुख्यमन्त्री रहेका हिक्मतकुमार कार्कीले गत बुधबार पदबाट राजीनामा दिएका थिए । राजीनामापछि खाली कुर्सीमा केदार कार्कीले माैका पाएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनतासँग सहकार्य गरेर काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन
मंसिर १, २०८१ शनिबार
कोशी प्रदेशमा पनि बन्यो दुई दलीय संयन्त्र
कात्तिक २८, २०८१ बुधबार
मानव बेचबिखनको अनुसन्धानबाट जोगिन पूर्वमन्त्री अधिकारीका चलाखीपूर्ण हर्कत
कात्तिक २४, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार