एमालेले गर्यो मधेश प्रदेशसभा बैठक अवरुद्ध
नेपालबहस संवाददाता
असोज २९, २०८० सोमबार १६:१०:१
२९ असोज, काठमाडौं । नेकपा (एमाले)का प्रदेश सांसदहरुले आज बसेको मधेश प्रदेशसभाको बैठक नेकपा एमालेका सांसदहरुले अवरुद्ध गरेका छन् । उनीहरुले सरकारले बजेट बाँढफाँट, नीतिगत निर्णय तथा बजेट कार्यान्वयनमा मनोमानी गरेको भन्दै बैठक अवरुद्ध गरेका हुन् ।
सभामुख रामचन्द्र मण्डलले बैठक सुरु गरेलगत्तै एमाले सांसदहरुले उठेर विरोध गरेका थिए । सांसद दीपेन्द्र ठाकुरले प्रत्यक्ष निर्वाचित प्रतिनिधिको रोहवरमा उपभोक्ता समिति बनाउने र बजेट विनियोजन गर्ने सहमतिबाट मुख्यमन्त्री पछि हटेको आरोप लगाए ।
यसअघि एमालेसँग प्रदेश सरकारले गरेको सहमति कार्यान्वयन नभएको उनको आरोप छ । सहमति कार्यान्वयनमा १५ दिनको समय मागेकोमा महिनौं बित्दा पनि चासो नदिएर आफ्नो कामकारबाही अगाडि बढाएपछि जवाफ माग गर्दै आफहरुले संसद बैठक चल्न नदिएको उनीहरुले बताए ।
जवाफ नआएसम्म बैठक अवरुद्ध गर्ने उनीहरुको अडान छ । त्यसपछि सभामुख मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेको बैठक एक घण्टा बित्न लाग्न समेत चल्न सकेको छैन । याे प्रदेशमा एमाले प्रमुख प्रतिपक्षमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
पुष ४, २०८१ बिहिबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार