राष्ट्रपति पौडेलसमक्ष विभिन्न जातिका आयोगद्वारा वार्षिक प्रतिवेदन पेस
नेपालबहस संवाददाता
असोज २९, २०८० सोमबार १६:२०:२२
२९ असोज, काठमाडौं । सोमबार राष्ट्रिपति रामचन्द्र पौडेलसमक्ष विभिन्न जातिका आयोगहरुले आफ्नो वार्षिक प्रतिवेदन पेस गरेका छन् । सोही क्रममा मुस्लिम आयोगले राष्ट्रपति रामचन्द्र पौडेललेसमक्ष आफ्नो वार्षिक प्रतिवेदन पेस गरयो ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा आयोगका अध्यक्ष समीम मियाँ अन्सारीले सो प्रतिवेदन पेस गरेका हुन् । प्रतिवेदनमा आयोगको गतिविधि, कारवाही र मुस्लिम समुदायको अवस्था लगायत विषय समेटिएको छ ।
प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसांंस्कृतिक मुलुक भएकाले सबै जाति, भाषा, संस्कृति र समुदायका बीचमा सहअस्तित्वका आधारमा आपसी सदभाव कायम राख्न मुस्लिम आयोग जस्ता आयोगको भूमिका महत्त्वपूर्ण सावित हुने बताए । उनले मुस्लिम समुदायको हक अधिकार संरक्षणमा गहन दायित्व रहेको बताउँदै आयोगले आफ्नो संवैधानिक र कानुनी दायित्व पूरा गर्ने विश्वा। व्यक्त गरे ।
आजै राष्ट्रपति पौडेललाई आदिवासी जनजाति आयोग र थारु आयोगले पनि आफ्नो वार्षिक प्रतिवेदन बुझाएका छन् । विभिन्न समूदाय र क्षेत्रमा काम गर्ने गरी हाल दर्जन भन्दा बढी आयोग संचालनमा छन् । आयोगलाई संवैधानिक निकायको रुपमा व्याख्या गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमिस्टर काठमाडौंको उपाधि जितेको चार दिनमै प्रकाशको निधन
असोज २, २०८१ बुधबार
पैगम्बर मोहम्मदको जन्मजयन्तीमा शान्ति र्याली
असोज १, २०८१ मंगलबार
करम पूजामा सार्वजनिक बिदा दिने निर्णय
भदौ ३१, २०८१ सोमबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार