इजरायलबाट भारतीय विमानमार्फत थप १९ नेपालीको उद्धार, आजै गाैरीफन्टा नाकाबाट नेपाल प्रवेश गरिने
नेपालबहस संवाददाता
असोज ३०, २०८० मंगलबार १२:२४:२
३० असोज, काठमाडौं । सरकारले इजरायलबाट थप १९ जना नेपालीलाई उद्धार गरी काठमाडौं ल्याइपुर्याएको छ । प्यालेस्टाइनी विद्रोही हमास समूहले आक्रमण गरेपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई सरकारले मंगलबार भारतीय विमानमार्फत उद्धार गरेको हो । जसमध्ये १० जना महिला रहेका छन् ।
परराष्ट्र मन्त्री एनपी साउदले मंगलबार इजरायलको चेल अविवबाट मंगलबार बिहान ९ बजे भारतको उद्धार विमान स्पाइस जेटमार्फत १९ नेपालीको उद्धार गरिएको जानकारी दिएका छन् । मन्त्री साउदले स्वदेश आउन लागेका नेपालीलाई नयाँ दिल्लीस्थित दूतावासले सवारी साधनको व्यवस्था गरेर नेपाल पठाउने पनि जानकारी दिए । उनीहरुलाई नेपालीलाई गौरीफन्टा नाका भएर आज बेलुका करिब ६ बजेतिर कैलाली भित्र्याइनेछ
कैलालीबाट जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई सम्बन्धित स्थानमा पुर्याउने तयारी गरिएको मन्त्रालयले जनाएको छ । गत साता हमास समूहकाे इजरायलकाे गाजा क्षेत्रमा १० नेपाली विद्यार्थीकाे ज्यान गएकाे थियाे । उनीहरूकाे शव नेपाल ल्याउने प्रक्रियामा छ । यसअघि सरकारले नेवानिकाे विमान चार्टर्ड गरी २५४ नेपालीकाे उद्धार गरी नेपाल ल्याइसकेकाे छ । अझै नेपाल आउन चाहने नेपालीहरूले इजरायकाे नेपाली दूतावासमा नाम टिपाउने काम भइरहेकाे दूतावासकाे भनाइ छ ।
को को छन् ?
प्रतिभा रौनियार
नन्दसिंह भुल
सुजेन्द्र खड्का
अनुमा डंगोल
हिना खाँण
आतिस गुरुङ
जुनु गुरुङ
मौसमी पाख्रिन
प्रतिमा तिम्सिना
राजकुमार मानन्धर
संगीता दुलाल
ममता थापा
दिलकुमारी अधिकारी कार्की
निश्चल श्रेष्ठ
समिता बस्नेत
अम्बिका सुवेदी
सिरता गुरुङ
उर्मिला श्रेष्ठ
उर्मिला रावल
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
अमेरिकामा पनि मनाइयो छठ
कात्तिक २३, २०८१ शुक्रबार
राजनीतिक हस्तक्षेपले एनआरएनए अभियानमा समस्या : अध्यक्ष डा. बद्री केसी
कात्तिक ११, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार