दशैंको अवसरमा बनेपामा ‘चङ्गा चैट’ प्रतियोगिता
नेपालबहस संवाददाता
असोज ३०, २०८० मंगलबार १२:३१:१
३० असोज, धुलिखेल । दशैं र तिहारको याममा चङ्गा उडाएर मनोरञ्जन लिने संस्कति हराउँदै गइरहेको अवस्थामा त्यसलाई पुनः स्थापित गर्न चङ्गा महोत्सव गर्न लागिएको छ । युवा पुस्ताको रोजाइमा नपरेका कारण पछिल्ला वर्षमा चङ्गा उडाउने परम्परा लोपहुँदै गएकाले बनेपास्थित रोट्राक्ट क्लबले सो प्रतियोगिता आयोजना गर्न लागेको हो ।
‘चङ्गा उडाऔँ, संस्कृति जोगाऔँ’ भन्ने नाराका साथ बनेपा नगरपालिका–९ मगरगाउँमा आगामी कात्तिक ४ गते उक्त प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । अहिलेकोे युवा संस्कति बचाउनभन्दा पनि घुम्ने र खानपानमै रमाइलो मान्ने गर्दा यस्ता परम्परा लोपहुँदै गएकाले संरक्षण गर्न र युवा पुस्तामा यसको महत्व बुझाउन पनि महोत्सव आयोजना गर्न लागिएको क्लबका अध्यक्ष रोभेन तौजलेले बताए।
“दसैँमा चङ्गा उडाउनभन्दा रमाइलो गरेर बस्ने युवापुस्ता बढ्दैछ ।” उनले भने, “विगत एकदशक अगाडिसम्म दशैं तथा तिहारमा बालबालिकादेखि युवायुवतीले मनोरञ्जनका रूपमा चङ्गा उडाउने परम्परा पछिल्लो समय स्थान अभाव र पश्चिमा संस्कृतिको प्रभावका कारण लोप हुन थालेको छ ।” अहिले पहिलेको जस्तो चङ्गा उडाउने ठाउँ पनि पर्याप्त नभए पनि उतिबेलाका घरको उचाइ पनि उस्तैउस्तै हुने हुँदा चङ्गा उडाउन सजिलो थियो तर पछिल्लो समय खुल्ला स्थान अभाव र सहरीकरणका कारण चङ्गा उडाउने संस्कृति हराउँदै जान थालेकाले युवा पुस्तामा यसको महत्व बुझाउन आवश्यक देखिएको उनले बताए ।
लोप हुन थालेको संस्कृति जगेर्ना गर्ने उद्देश्यले बनेपाका युवाले करिब दस वर्षदेखि चङ्गा चैट प्रतियोगिता आयोजना गर्दै आएको प्रतियोगिताका संयोजक तथा क्बलका सेक्रेटरी सदिक्षा धितालले बताए । यस पटक पनि नेपालीको महानचाड दसँैंको उपलक्ष्यमा फूलपातीका दिन प्रतियोगिता गर्न लागिएको उनले बताए ।
अहिलेका बालबालिकाको ध्यान मोबाइल, कम्प्युटर, ल्यापटपलगायत बैकल्पिक मनोरञ्जनका माध्यमतिर जाँदा चङ्गाको आकर्षण घटेको हो । पहिले पहिले सहर बजारका किराना पसलदेखि तरकारी पसलसम्म पाइने चङ्गा अहिले बजारका केही सीमित पसलमा मात्र भेटिने गरेको सम्बद्ध व्यक्तिले बताए ।
अझ लट्टाई त ठूला बजार या काठको सामान बनाउने स्थानमा अर्डर नै गर्नुपर्ने अवस्था आइसकेको छ । यसअघि तीन पटकसम्म बेष्ट प्रोजेक्ट जितेको रोट्राक्ट क्लबले घरेलु तथा साना उद्योग प्रवद्र्धन गर्ने उद्देश्यले चङ्गा र लटृाईको स्टलसमेत राख्ने जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
संविधानको मर्मलाई राजनीतिक दलले आत्मसात गरेर अघि बढ्नुपर्छः प्रदेश प्रमुख देवकोटा
असोज ३, २०८१ बिहिबार
बागमती प्रदेशसभाको बैठक असोज ६ गते बस्ने
असोज १, २०८१ मंगलबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार