ह्वावेसँगको सहकार्यमा चाइना मोबाइलले सगरमाथामा पहिलो एफटीटीआर– बी नेटवर्क जोड्ने
नेपालबहस संवाददाता
असोज ३०, २०८० मंगलबार १२:३९:५२
३० असाेज, काठमाडाैं । चाइना मोबाइल कम्युनिकेसन्स कर्पोरेशन लिमिटेड (चाइना मोबाइल) र ह्वावेले सगरमाथा (तिब्बती नामः माउन्ट कोमोलाङ्मा) मा हालै पर्यटक आधार शिविर र होटलको लागि एफटीटीआर– बी नेटवर्क सफलतापूर्वक स्थापना गरेका छन् ।
ह्वावे एफटीटीआर– बी (फाइबर–टू–द–रुम बिजनेस) समाधानमा आधारित, चाइना मोबाइलले विश्वकै अग्लो ठाउमा रहेका कर्मचारी र पर्यटकहरूलाई उनीहरूको दैनिक सञ्चार र व्यापार आवश्यकताहरू पूरा गर्दै अल्ट्रा–गिगाबिट प्रिमियम वाईफाई सेवाहरू प्रदान गर्ने छ ।
चाइना मोबाइलको ह्वावेसँग एफटीटीआर– बी नेटवर्क विस्तारमा सहकार्य गर्दै
समुन्द्री सतहबाट ५,२०० मिटर उचाइमा रहेको पर्यटक शिविरको व्यवस्थापन कार्यालयमा कर्मचारीले वातावरण संरक्षण यन्त्रहरू जाँच्न, उच्च रिजोलुसनको फोटो र भिडियोहरू फिर्ता पठाउन र प्रत्येक दिन माउन्ट एभरेष्ट एडमिनिस्ट्रेशन ब्यूरोमा लग्नुपर्छ । कमजोर नेटवर्क अवस्थाका कारण, फ्रेम फ्रिजिङ, ढिलो भिडियो अपलोड, र कागजात पठाउन बारम्बार समस्या हुने गरेको थियो ।
हाई–स्पीड एफटीटीआर–बी नेटवर्कले सफलतापूर्वक स्थापनापछि यसले नेटवर्कको अवस्थालाई मौलिक रूपमा परिवर्तन गरेको छ । जसले पर्यटक आधार शिविरमा रहेका सबै कर्मचारी र पर्यटकहरूले प्रिमियम वाईफाई सेवाहरूको आनन्द लिन सक्ने छन् ।
यसका अतिरिक्त, एफटीटीआर– बी को स्थापना समुद्री सतहबाट ४२०० मिटरमाथि नजिकैको सहरको पर्यटक होटलमा राखीएकोे छ । विगतमा, नेटवर्क समस्याहरू जस्तै फ्रेम फ्रिजिङ, नेटवर्क जडान नहुने, र चेक–इन प्रणालीमा सुस्तता समय–समयमा देखा पर्ने गरेको थियो, जसले पाहुनाहरुको इन्टरनेटको पहुचमा असर गरेको थियो ।
एफटीटीआर– बी स्थापनापछि होटलका ३०० पाहुनारूले एकै समयमा उच्च–गतिको इन्टरनेटमा पहुँच पाउने छन् र होटल कर्मचारीहरूले समेत आफ्नो काम धेरै सहज रूपमा गर्न सक्ने भएका छन् ।
ह्वावे एफटीटीआर– बी उपकरण
एफएटीटी– बी चीनमा साना र मध्यम आकारका उद्यमहरू (एसएमईएस) को लागि अल्ट्रा–गिगाबिट सबै–अप्टिकल नेटवर्किङ प्रदान गर्न चाइना मोबाइल र ह्वावेद्वारा संयुक्त रूपमा सुरु गरिएको हो । यो प्रविधि व्यापक रूपमा होटल र पसलहरूमा प्रयोग गरिने गरेको छ ।
ह्वावे एफटीटीआर– बी डिभाइसहरूमा लचिलो ट्रिपल–मोड एन्टेनाहरू छन् र भित्री क्षेत्रहरूमा पूर्ण वाईफाई कभरेज प्रदान गर्न छत वा भित्ताहरूमा सजिलै स्थापना गर्न सकिन्छ जसले प्रयोगकर्ताहरूलाई सबै ठाउमा प्रिमियम नेटवर्क अनुभवको आनन्द दिलाउछ । यस प्रविधिले सिग्नलहरू प्रसारण गर्न र एकै समयमा उपकरणहरूमा पावर आपूर्ति गर्न कठिन शक्ति अधिग्रहणको समस्याहरू समाधान गर्न पावर ओभर फाइबर (पीओएफ) केबलहरू प्रयोग गर्दछ ।
थप रूपमा ध्भँत्त्च् एपले व्यवस्थापन कार्यालय र होटलहरूमा आइटी कर्मचारीहरूको लागि नेटवर्क टोपोलोजी व्यवस्थापन, एक–क्लिक नेटवर्क अप्टिमाइजेसन, र सेल्फ–सर्भिस नेटवर्क कन्फिगरेसन जस्ता कार्यहरू प्रदान गर्दछ भने अप्रेशन र मेन्टेनेन्स (ओएनयम) कार्यभार समेत घटाउँछ । चाइना मोबाइलका अप्रेशन र मेन्टेनेन्स इन्जिनियरहरूले यस एपको प्रयोग गरेर अप्रेशन र मेन्टेनेन्स दक्षता सुधार गर्दै नेटवर्क समस्याहरू पत्ता लगाएर समस्या समाधान गर्न सक्छन् ।
२०२४ मा, चाइना मोबाइलले आरोही आधार शिविरमा एफटीटीआर–बी समाधान विस्तार गर्न ह्वावेसँग काम गर्नेछ । यसले पर्वतारोहीहरू विश्वको उच्च ठाउमा जानेक्रममा गीगाबिट नेटवर्कको आनन्द लिन सक्ने छन । एक अग्रणी विश्वव्यापी आइसीटी पूर्वाधार प्रदायकको रूपमा ह्वावेले चाइना मोबाइल जस्ता अपरेटरहरूसँग व्यापक सहकार्य गरेको छ ।
धेरै साना र मध्यम आकारका उद्यमहरूलाई एफटीटीआर– बी जस्ता नवीन समाधानहरू मार्फत डिजिटल रूपान्तरण गर्न मद्दत गरेको छ । भविष्यमा, ह्वावेले नवीन प्रविधिहरू प्रयोग गरेर गिगाबिट अप्टिकल नेटवर्कहरू निर्माण गर्न चाइना मोबाइलसँगको सहकार्य गर्न जारी राख्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुगलले आफ्ना कर्मचारीलाई किन भन्यो सबै प्रमाण नष्ट गर्नु ?
मंसिर ६, २०८१ बिहिबार
आईटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ
कात्तिक २९, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
यसरी गर्दैछन वाइडेनले ट्रम्पलाई सत्ता हस्तान्तरण
मंसिर १२, २०८१ बुधबार
सुदूरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबीच प्रायोजन सम्झौता
मंसिर १२, २०८१ बुधबार
तत्काल बक्यौता नतिर्ने उद्योगको लाइन नकाट्ने निर्णयमा पुग्यो विद्युत प्राधिकरण
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्रीले बोलाए मन्त्री र सचिवहरुको संयुक्त बैठक
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार