नागरिकता पाउने व्यवस्था भयो, अब नेपालको विकासका लागि लगानी गनुपर्छः राष्ट्रपति पौडेल
नेपालबहस संवाददाता
असोज ३०, २०८० मंगलबार १२:४६:१२
३० असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा लगानीको अपार सम्भावना रहेको भन्दै त्यसको सदुपयोग गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई आग्रह गरेका छन् । नेपाली नागरिकता पनि प्राप्त भइसकेकाले अब नेपालमा लगानी गर्नुपर्ने उनले बताए । मंगलबार राजधानीमा सुरु भएको एनआरएनएको ११ औँ विश्व सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालमा लगानी गर्न आह्वान गरेका हुन् ।
विश्वको जुनसुकै कुनामा पुगेर रहेपनि नेपाली नेपाली नै हुने उनको धारणा छ । राष्ट्रपति पौडेलले नेपालमा लगानीको पर्याप्त सम्भावना रहेको भन्दै नेपालमा लगानी गर्न समेत आग्रह गरे । ‘नेपाल र नेपालीको विकास र समृद्धिको आकांक्षा पुरा गर्ने कार्यमा ठोस योगदान गर्न र विश्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई एकताबद्ध गर्न गैरआवासीय नेपाली संघले विगतदेखि नै भूमिका खेल्दै आएको छ, वास्तवमा विश्वको जुनसुकै कुनामा रहेपनि नेपाली नेपाली नै हो,’ राष्ट्रपति पौडेलले भने ।
उनले नेपाल अब आर्थिक विकासका लागि चाहिने पूर्वाधार, औद्योगिकिकरण र आन्तरिक उत्पादनलगायतको विकासमा केन्द्रीत रहने बताए । नेपालमा जलविद्युत्, पर्यटन, कृषि, पूवार्धार, सूचना तथा सञ्चार, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको राष्ट्रपति पौडेलले भने, ‘नेपालको आन्तरिक उपभोगका साथै क्रयशक्ति समेत दिनानुदिन बढिरहेको छ । यस्तो अवस्थामा, नेपाल आर्थिक विकासका लागि चाहिने पूर्वाधार, औद्योगिकिकरण र आन्तरिक उत्पादनलगायतको विकासमा केन्द्रीत भएको छ । यसका लागि बुहपक्षीय साझेदारीता अत्यावश्यक तत्व हो । त्यसमा तपाईंहरूले आर्जेको पूँजी, ज्ञान, सीप, अनुभव, लगानी र उद्यमशीलता सान्दर्भिक तथा उपयोगी सावित हुन सक्छ ।’
गैरआवासीय नेपालीहरूलाई नेपालको लगानीको अपार सम्भावनाको सदुपयोग गर्न र बसोबास गरेको मुलुकमा रहेका लगानीकर्ताहरूलाई समेत नेपालमा लगानीको लागि अभिप्रेरित गर्न आग्रह गरे । ‘नेपालको आन्तरिक क्षमतामा वृद्धि गरी तीव्र आर्थिक विकास गर्न सके मात्र विदेशमा बस्ने नेपालीहरूको शिर पनि उँचो हुनेछ । नेपाल समृद्ध नहुँदासम्म नेपालीहरूको प्रतिष्ठा बढ्न सक्तैन । त्यसैले नेपाललाई सुशासन विकास र समृद्धितर्फ लैजान तथा देशको अन्तराष्ट्रिय जगतमा प्रतिष्ठा बढाउन तपाईंहरूको रणनीतिक भूमिका र दायित्व वाञ्छनीय छ,’ उनले भने ।
पौडेलले गैरआवासीय नेपालीहरूको अधिकार सुनिश्चित गर्न सरकारले विभिन्न कानूनी प्रबन्धहरू गरेको बताए । संविधानमै गैरआवासी नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपाली नागरिकता दिने व्यवस्था गरेबाट नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदाको दृष्टिकोणबाट पनि वैभवशाली मुलुक हो । यहाँको जातीय, भाषिक, सांस्कृतिक, धार्मिक, जैविक विविधता विश्वकै लागि अनुपम छन् । प्रकृति र संस्कृतिको यो अनुपम संगमलाई जोगाउँदै देश र जनताको हित प्रवर्द्धन गर्दै विश्व समुदायमा नेपाल र नेपालीको विशिष्ट पहिचान गराउनु हामी सबैको राष्ट्रिय कर्तव्य हो ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल भ्रमण वर्ष २०२५ सफल बनाउने गरी काम गर्न दूतावासलाई परराष्ट्रमन्त्रीको निर्देशन
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
तातोपानी कुण्डमा स्नान गर्दै
मंसिर १४, २०८१ शुक्रबार
अर्जुनधारामा बालाचर्तुदशी मेलाको तयारी पूरा
मंसिर १४, २०८१ शुक्रबार
बागमती नदीमा छाडियो मेलम्चीको पानी
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
शुक्रबार मात्रै किन गरिन्छ लक्ष्मीको पूजा ?
मंसिर १४, २०८१ शुक्रबार