आधारभूत आवश्यकता खोज्दै बाहिरिने क्रम बढेपछि रित्तिँदै गाउँ
नेपालबहस संवाददाता
असोज ३०, २०८० मंगलबार १३:२:२७
३० असोज, मुगु । सिंहदरवारको अधिकार गाउँगाउँमा भन्ने सरकारको नारा भए पनि नेपालका धेरै स्थानहरुमा आधारभूतसेवा सुविधा प्राप्त गर्न नसकेका गाउँ छन् ।
त्यसमध्ये हिमाली जिल्ला मुगुको मुगमकामारोङ्ग गाउँपालिका वडा नम्बर १ मा रहेको वाङ्गी र चितै गाउँ पनि पर्छ । त्यहाँका बासिन्दा सामान्य आधारभूत आवश्यकता सरकारले पूर्ति गर्न नसक्दा जीवन निर्वाहका लागि बाहिरिनु परेको अवस्था छ ।
धेरैजसो बसाइँ सरेर अन्यत्र जाने क्रम बढिरहेकाले गाउँहरू रित्तै हुन थालेका छन् । गाउँ सुनसान छ भने घरहरू बन्द छन् । खेतबारी बाँझै हुन थालेका छन् ।
स्वास्थ्य, शिक्षा, गाँसजस्ता आधारभूत आवश्यकताको अभावका साथै खेतबारीमा बन्यजन्तुहरु घोरल, झारल, नावरलगायतले दुःख दिने गरेकाले स्थानीयबासी चितै कुना, गमगढी बजार, जुम्ला, डोल्फा, काठमाडौं र भारतको हिमालञ्चल क्षेत्रमा जान बाध्य भएका छन् ।
गाउँले बाहिरिएपछि घरहरु सबै बन्द भएको साथै खेतीयोग्य जमिन जंगलमा परिणत भइरहेको स्थानीय सोनामआङ्गजी तामाङले बताए । वाङ्गीगाँउका ६५ घर परिवारले ५–६ बर्ष पहिले गाउँ छोडेको थियो । उनीहरू बाहिरिएपछि गाउँ सुनसान भएको छ । चितै गाउँमा पछिल्लो अभिलेख अनुसार ९५ घरपरिवार थिए ।
केही अलि हुने खानेहरु सदरमुकाम गमगढी बजार र देशका ठूला ठूला शहरमा गएका छन् । गाउँमा रहेको विद्यालय र स्वास्थ्य संस्थाबाट सेवा लिने नागरिकहरु नहुँदा गाउँदेखि तल मुगु कर्णाली नदीको किनारमा रहेको चितै कुनामा केही विपष्न्न गाउँले बस्ने गरेको निमाङ लामाले बताए ।
गाउँले बाहिरिएपछि त्यहाँको विद्यालय र स्वास्थ्य संस्था पनि तल चितै कुना सारेको उनको भनाइ छ । पहिले गाउँमाथि अहिले तल बाटो भएको हुँदा बाटोमा व्यापार गर्नको लागि केही घरहरु तल चितै कुना बसेका हुनाले विद्यालय, स्वास्थ्य संस्था पनि तल सारेर सञ्चालनमा ल्याइएको छ ।
माथि गाउँमा बन्यजन्तुले सबै अन्नबाली खाइदिने र नष्ट गर्ने गरेकाले गाउँमा स्थानीय बासिन्दा बस्न छाडेको गाउँलेको भनाइ छ ।बन्यजन्तुबाट बच्नका लागि खेतीयोग्य जमिनमा घेरबारा गर्ने र स्थानीय बासिनदालाई गाउँमै बस्ने बातावरण मिलाउन स्थानीय सरकार तयारीमा रहेको मुगमकामारोङ्ग गाउँपालिकाका अध्क्षय छिरिङ्ग क्याप्ने लामाले बताए ।
मुगमकामारोङ्ग गाउँपालिकाका यीवाङ्गी र चितै गाउँ बसाइँ सराई गरेर गएका छन् भने मुगु, दाउरा, रिउस, पुवलगायत गाउँका अधिकांश बासिन्दा पनि आधारभूत आवश्यकताको खोजीमा अन्यत्र गइरहेका छन् ।
००
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या
कात्तिक २७, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई बयानका लागि शनिबार काठमाडौं ल्याइने
मंसिर ७, २०८१ शुक्रबार
सिटिजन्स बैंकका ग्राहकले होटल ली हिमालयमा १५ प्रतिशत छुट पाउने
मंसिर ७, २०८१ शुक्रबार
लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
मंसिर ७, २०८१ शुक्रबार
जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय
मंसिर ७, २०८१ शुक्रबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
एमालेको जागरण सभामा प्रधानमन्त्री, सत्ता समीकरणको बचाउमै खर्चिए समय
मंसिर ७, २०८१ शुक्रबार