कार्यकर्ता रिहाइ माग गर्दै यातायात बन्द, यात्रुहरुबीच बाटोमै अलपत्र
नेपालबहस संवाददाता
असोज ३०, २०८० मंगलबार १३:१९:३७
३० असोज, विराटनगर । ‘कोशी प्रदेश पुनः नामांकन संघर्ष समिति’ ले आह्वान गरेको बन्दका कारण धनकुटामा यातायात सञ्चालन प्रभावित बनेको छ । बन्दका कारण सवारी साधनहरु चल्न नपाउँदा यात्रुहरू समस्यामा परेका छन् । विभिन्न गन्तव्यका लागि हिंडेका यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।
बन्दका कारण कोशी राजमार्ग भएर धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, पाँचथरलगायत पहाडी जिल्लाका गन्तव्य आउजाउ गर्ने यात्रुहरु समस्यामा परेका हुन् । गत असोज २५ गते पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाइ माग गर्दे समितिले यातायात बन्द आह्वान गरेको हो ।
भदौ ८ गते धनकुटाको राजारानीमा आयोजित युवा संघको कार्यक्रम बिथोल्न खोजेको आरोपमा प्रहरीले पहिचान पक्षधर संगठनका तीनजना कार्यकर्तालाई पक्राउ गरेको थियो । ती कार्यकर्ताको विनासर्त रिहाइको माग राखेर समितिले बिहानैदेखि कोशी राजमार्गको भेडेटार–फोक्लेन्ड टापु खण्ड अवरुद्ध बनाएको छ ।
धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलका अनुसार बन्दकर्ताका मागबारे छलफल भइरहेको छ । उनले यातायात सेवा नियमित सञ्चालन गराउन संघर्ष समितिसँग कुरा गरेर पहल भइरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
१३ अंकले घटेर २६६७ अंकमा रोकियो नेप्से, ७ अर्ब ७२ करोड ८८ लाखको शेयर किनबेच
मंसिर ९, २०८१ आइतबार
लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई सर्वोच्चले दिएन अन्तरिम आदेश, अदालत उपस्थित गराउन निर्देशन
मंसिर ९, २०८१ आइतबार