सांसद प्रभु साहकी पत्नी रिनाकुमारी मेयर पदबाट मुक्त, उपचुनावबाट पदपूर्ति गरिने
नेपालबहस संवाददाता
असोज ३०, २०८० मंगलबार १३:४८:१९
३० असोज, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष समेत रहेका संघीय सांसद प्रभु साहकी पत्नी रिनाकुमारी साहको मेयर पुद गुमेको छ । रिनाकुमारी आजपाकी केन्द्रीय नेता समेत छिन् । उनी रौतहटको मौलापुर नगरपालिकाका मेयर थिइन् । उनीहरु एमालेबाट निर्वाचित भएपनि एमाले छाडेर पति नेतृत्वको आजपा रोजेपछि मेयर पदबाट मुक्त भएकी हुन् ।
निर्वाचन आयोगले आज एक सूचना प्रकाशित गर्दै राजनीति दलसम्बन्धी नियमावली २०७४ को नियम २२ को उपनियम २ बमोजिम रिनाकुमारी मेयर पदबाट मुक्त भई र उक्त पद रिक्त जानकारी दिएको छ ।
आयोगले दल त्याग सम्बन्धी ऐन बमोजिम एमालेबाट निर्वाचित मेयर साह अन्य दलमा प्रवेश गरेको भनी सो पार्टीले गरेको निर्णयबमोजिम मेयर साहको निर्वाचित भएको पद स्वतः रिक्त भएको व्यवहोरा सूचनामा उल्लेख गरेको छ ।
२०७४ को स्थानीय चुनावमा माओवादी केन्द्रबाट सोही नगरपालिका मेयरमा जितेकी उनी २०७९ वैशाखको निर्वाचनमा एमालेबाट निर्वाचित भएकी थिइन् । पछि २०७९ को मंसिर ४ मा सम्पन्न आम निर्वाचनबाट पति प्रभु साह एमालेले टिकट नदिएपछि स्वतन्त्र उठेर रौतहट क्षेत्र नं. ३ बाट संघीय सांसद विजयी भए । विजयीपछि उनले आफ्नै नेतृत्वमा आजपा गठन गरी निर्वाचन आयोगमा दर्ता गराएका थिए । पति प्रभु साहले एमाले छाडेर आम जनता पार्टी खोलेपछि पार्टीको सम्पर्कमा थिइनन् । उनलाई पटकपटक स्पष्टीकरण सोध्दा पनि जवाफ नदिएपछि एमालेले कारबाही गरेर निष्कासन पार्टीबाट गरेको थियो । कारवाहीको पत्र एमालेले आयोगलाई पठाएपछि आयोग प्रक्रियाबामोजिम कारवाही अगाडि बढाएको हो ।
रिक्त उक्त पदमा उपचुनावबाट पूर्ति गर्ने तयारीमा आयोग जुटेको छ । सोही प्रयोजनका लागि सूचना प्रकाशित गरिएको आयोगनिकट सूत्रले जनायो । कुनैपनि तहका जनप्रतिनिधिको कार्यकाल ६ महिना पूरा बाँकी रहँदा उपचुनावबाट पद पूर्ति गर्नुपर्ने कानूनी व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर ९, २०८१ आइतबार
न्यायाधीश शर्माको एकल इजलासमा पर्यो दुर्गा प्रसाईंको बन्दीप्रत्क्षीकरण रिटको पेशी
मंसिर ९, २०८१ आइतबार
‘ड्रागन फ्रुट’ बेचेर वार्षिक १५ लाख आर्जन
मंसिर ९, २०८१ आइतबार
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
मंसिर ९, २०८१ आइतबार
नबिल बैंकको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
मंसिर ९, २०८१ आइतबार