सन्तोष अधिकारीको ‘चित्रा’को छायांकन ३० दिनमा सकियो
नेपालबहस संवाददाता
असोज ३०, २०८० मंगलबार १४:२५:३२
३० असोज, काठमाडौं । सन्तोष अधिकारी फिल्मस्को व्यानर एबम् अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलिया को निर्माणमा तयार भएको फिल्म ‘चित्रा’को छायांकन ३० दिनमा सकिएको छ । फिल्मको निर्माणपक्षले कलाकार र प्राविधिकहरुको मिहिनेतका कारण एक महिनामै फिल्मको छायांकन सकिएको जानकारी दिएको छ । यो फिल्मको प्रदर्शन मिति पनि तय गरिएकोछ ।
फिल्मलाई माघे संक्रान्तीको छेकोमा पौषको २७ गतेबाट नेपाल र अष्ट्रेलियामा रिलिज गरिने फिल्मका निर्माता तथा कलाकार सन्तोष अधिकारीले जानकारी दिए ।
फिल्मको निर्देशन घनश्याम लामिछानेले गरेका हुन् । निर्देशक लामिछानेका अनुसार फिल्मले एक रिटायर्ड बाबु र छोरीको कथालाई सुक्ष्म रुपमा उठान गरेको छ ।
यो फिल्ममा सन्तोष अधिकारी, मेनुका प्रधान, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरी, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल र प्रकाश घिमिरेको अभिनय छ ।
आशिष थापा मगर निर्माता र सन्तोष अधिकारी कार्यकारी निर्माता रहेको ‘चित्रा’ मा अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा समावेश छ । तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको फिल्ममा प्रविण सिंहको नृत्य, सम्राट बस्नेतको एक्सन, महेश पौडेलको छायांकन छ । फिल्ममा प्रोडक्सन हेडमा प्रतिमा थापा, लाइन प्रोड्यूसरमा कृष्ण बहादुर थापा, कला निर्देशकमा डुक राज घिमिरे, मेकअपमा सोनाली शिल्पकार, निर्माण नियन्त्रकमा तेज विक्रम केसी र अनलाइन सम्पादनमा सन्देश शाहले काम गरेका छन् ।
फिल्ममा राजन राज सिवाकोटीको गीत संगीत छ । केदार पराजुली ९श्री कृष्ण फिल्मस्०ले यो फिल्मको नेपालभरको वितरणको जिम्मा लिएका छन् । फिल्मको अष्ट्रेलिया अधिकार अविनास रोका मगरले लिई सकेका छन् । निर्माता अधिकारीको ‘डलर एयुडी’ नामक फिल्मको छायांकन तिहार पछि सुरु हुनेछ । ‘घर’ र ‘आमा’ फिल्मका सह–निर्माता समेत रहेका सन्तोष अधिकारीले निर्माण गरेको फिल्म ‘तीन जन्तु’ प्रदर्शनको तयारीमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचलचित्र विकास बोर्डले दश चलचित्र ‘डिजिटाइजेसन’ गर्ने
मंसिर २८, २०८१ शुक्रबार
देशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
भविष्यको गन्तव्यः कस्ता नयाँ पुस्ता, कस्तो नयाँ सोंच ?
मंसिर २९, २०८१ शनिबार
आजको मौसम कस्तो रहला ?
मंसिर ३०, २०८१ आइतबार
आज उधौली पर्व मनाउँदै किरात समुदाय
मंसिर ३०, २०८१ आइतबार
नेपाल प्रिमियर लिगः आज पनि दुई खेल हुँदै
मंसिर ३०, २०८१ आइतबार
मधेश प्रदेशमा धनुषाबाट अख्तियारमा सबैभन्दा बढी उजुरी
मंसिर २९, २०८१ शनिबार
तेस्रो राष्ट्रिय फ्री—स्टाइल रोल्लर स्केट प्रतियोगिताका छनोटका खेल सम्पन्न
मंसिर २९, २०८१ शनिबार
नेपाल नर्सिङ संघको अध्यक्षमा चन्द्रकला शर्मा विजयी
मंसिर २९, २०८१ शनिबार