दुई स्विडिसको हत्या गर्ने बन्दुकधारीद्वारा आईएसआईएसको सदस्य भएको दाबी
नेपालबहस संवाददाता
असोज ३०, २०८० मंगलबार १४:३९:१०
३० असोज, ब्रसेल्स । ब्रसेल्समा लोन–वुल्फ हमलामा दुई स्विडिस नागरिकको हत्या गर्ने र अर्का एकलाई घाइते बनाउने बन्दुकधारीले आफू आईएसआईएसको सदस्य भएको बताएको छ । अनलाइनमा एक भिडियो पोस्ट गर्दै उनले हत्याको जिम्मेबारी लिएको अल जजिराले मङ्गलबार बताएको छ ।
सोमबार भएको उक्त गोली काण्डमा घटनास्थलबाट संदिग्ध फरार रहेको र बेल्जियन प्रहरीले उनको खोजी गरिरहेको अल जजिराले उल्लेख गरेको छ ।
सरकारी वकिलको कार्यालयका प्रवक्ता एरिक भान डुसेले सामाजिक सञ्जालमा जिम्मेबारीको दाबी प्रस्तुत गरेपछि गोलीबारीको सम्भावित आतङ्कवादी हमलाप्रति अनुसन्धान केन्द्रीत भएको बताए । भिडियोको सत्यता पत्ता लगाउने काम भइरहेको अधिकारीहरूले बताएका छन् ।
“यी व्यक्तिले इस्लामिक स्टेटबाट प्रेरित भएको दाबी गरेका छन्”, भान डुसेले भने, “पीडितहरूको स्विडनको राष्ट्रियतालाई सम्भावित उद्देश्यका रूपमा राखिएको थियो ।”
अल जजिराका अनुसार आफूलाई अब्देसलेमन अल गुइलानी बताउने संदिग्ध आक्रमणकारीले सामाजिक सञ्जालमा आफूलाई ‘भगवान्को लडाकू’ र आईएसआईएल (आईएसआईएस) को सदस्य भएको दाबी गरेका छन् ।
मध्य ब्रसेल्समा सोमबार बेलुका दुई व्यक्तिको गोली हानी हत्या भएको बेल्जियमको सार्वजनिक प्रसारक भीआरटीलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । मारिनेहरू स्विडेनको नागरिक भएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
भारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
म्यान्मामा ‘कू’ पछि अफिम उत्पादनमा कमी आएको छ : राष्ट्रसंघ
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार