जसपा समाजवादी लोकतान्त्रिक पार्टी हो, कम्युनिस्ट होइन : उपेन्द्र यादव
नेपालबहस संवाददाता
असोज ३०, २०८० मंगलबार १५:२३:५८
३० असोज, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी कम्युनिस्ट हुन नसक्ने बताएका छन् । मंगलबार सामाजिक संजाल फेसबुक पेजमा लामो स्टाटस लेख्दै जसपा कम्युनिष्ट वा साम्यवादी हुन नसक्ने भन्दै भ्रममा नपर्न स्पष्ट पारेका छन् ।
साथै उनले जसपासहित ४ दल सम्मिलित समाजवादी मोर्चा लोकतान्त्रिक समाजवादी र कम्युनिष्टबीचको मोर्चा भएको धारणा सार्वजनिक गरेका छन् । उनले समाजमा रहेको गरिबी, अशिक्षा, बेरोजगारी, सामाजिक, आर्थिक शोषण, उत्पीडनका साथै वर्गीय, जातीय र लिङ्गका आधारमा कायम रहेका असमानता र विभेद उन्मुलनका लागि लोकतान्त्रिक पार्टी र कम्युनिष्टबीच एकता र सहकार्य हुन सक्ने बताएका छन् । उनले लेखेका छन्, ‘एउटा समाजवादी पार्टीको लोकतान्त्रिक पार्टी र कम्युनिस्ट पार्टीहरुबीच सहकार्य र मोर्चा मात्र हुन सक्छ ।’
अध्यक्ष यादवले आफू पहिचानसहितको संघीयता, सुशासन, समानता, स्वतन्त्रता, सामाजिक आर्थिक न्याय र समाजवादप्रति आस्था राख्ने व्यक्ति भएकोले कम्युनिस्ट वा साम्यवादी हुन नसक्ने प्रष्ट पार्दै कम्युनिष्ट भएको भ्रम नराख्न पनि अपिल गरेका छन् । समाजवादी मोर्चाभित्रैका कतिपय नेताहरुले मोर्चालाई समाइवादी मोर्चा संज्ञा दिइरहेका बेला मोर्चाका एक घटक जसपाका अध्यक्ष यादवले मोर्चामा कम्युनिष्ट समेत आवद्ध रहेको बताएका हुन् ।
गत असारमा गठित मोर्चामा जसपा, माओवादी केन्द्र, एकीकृत समाजवादी र संसदीय प्रणालीबाहिर रहेको विप्लव नेतृत्वको नेकपा आवद्ध छन् । मोर्चाले सात वटै प्रदेशमा सन्देशसभा सम्पन्न गरिसकेकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार