जस्तोसुकै मूल्य चुकाएर भएपनि विपिन जोशीलाई हमासबाट मुक्त गर्न सरकारसँग परिवारको आग्रह
नेपालबहस संवाददाता
असोज ३०, २०८० मंगलबार १५:५२:४२
३० असोज, काठमाडौं । कञ्चनपुरको किमदत्त नगरपालिका–३ का विपिन जोशीलाई प्यालेस्टाइन सशस्त्र समूह हमालसको कब्जाबाट मुक्त गर्न उनका परिवारले प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेका छन् । प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै विपिनका बाबु महानन्द, आमा पदमा र बहिनी पुष्पा जोशीले यस्तो आग्रह गरेका हुन् ।
उनीहरुले आशा र भरोसाका केन्द्र नै प्रधानमन्त्री भएको उल्लेख गर्दै जस्तोसुकै मूल्य चुकाएर भएपनि विपिनलाई हमासबाट मुक्त गर्न जोडदार आग्रह गरेका छन् । उनीहरुले विपिन सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत कैलालीको टिकापुर बहुमुखी क्याम्पसमा कृषि संकायमा अध्ययनरत रहेका बेला ‘लर्न एण्ड अर्न’ कार्यक्रमका लागि गएको भदौ २६ मा इजरायल गएको र असोज २० गते हमास समूहले थाइ नागरिकसँगै अपहरण गरी कब्जामा लिएको विवरण घाइते भएर नेपाल फिर्ता भएका अन्य विद्यार्थीहरुबाट थाहा पाएको जनाएका छन् ।
क्याम्पसले ४९ नेपाली विद्यार्थीलाई इजरायल पुर्याएको र त्यस क्रममा युद्धग्रष्त क्षेत्र गाजामा राख्दै आइरहेको बेला हमासले बम र गोलीसहित आक्रमण गर्दा १० विद्यार्थीको मृत्यु भएको थियो । ४ जना घाइते भएका थिए । घाइतेमध्ये धनबहादुर चौधरी नेपाल घर आइसकेका छन् । विपिन अझै बेपत्ता छन् । परराष्ट्रमन्त्री एनपी साउदले विपिनको खोजीका लागि अन्तर्राष्ट्रिय समुदायसँग समेत अपिल गरिसकेका छन् ।
आक्रमणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीहरुको शव ल्याइसकेकाे छैन । सो आक्रमणमा अमेरिका, अजरबैजान, थाइ, भारत, इजरायल लागयत मुलुकका गरी सयौं मानिस मारिएका थिए ।
त्यसपछि सरकारले विमान चार्टर्ड गरेर २५४ नेपालीलाई उद्धार गरी गत हप्ता नेपाल ल्याइसकेको छ । थप १९ जनालाई आजै मात्र भारतीय विमानमार्फत भारत हुँदै नेपाल आइपुग्दैछन् । हमाल आक्रमणको विश्वभरबाट निन्दा र भत्सर्ना भइरहेको छ ।
आक्रमणपछि सरकारले इजराय जान सबैखाले अनुमति रोकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज जन्म लिने बच्चा सिंह राशीको हुने
मंसिर ८, २०८१ शनिबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपतिद्वारा ढुङ्गानाका परिवारप्रति समवेदना
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई बयानका लागि शनिबार काठमाडौं ल्याइने
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार