सुनसरीको बराहक्षेत्रमा लोपोन्मुख गिद्ध जोगाउन नियमित चारो
नेपालबहस संवाददाता
असोज ३०, २०८० मंगलबार १६:३९:१६
३० असोज, विराटनगर । विभिन्न कारणले गिद्ध संकटमा पर्दै गएको छ । लोपोन्मुख गिद्ध संरक्षण गर्नुपर्ने आवश्यकतालाई ख्याल गर्दै सुनसरीको बराहक्षेत्रमा गिद्ध संरक्षणका लागि पहल गरिएको छ ।
यसका लागि सुनसरीको बराहक्षेत्र–८ मा रहेको रामधुनी सामुदायिक वन सालबन्दीमा जटायु रेस्टुरेन्ट अर्थात गिद्धको रेस्टुरेन्ट सञ्चालन गरिएको छ । रेस्टुरेन्टमा गिद्धका लागि नियमित रुपमा चारो उपलब्ध गराउने गरिएको छ । गिद्धको चारो व्यवस्थापनका लागि दुई दर्जनभन्दा बढी चौपाया पालिएको छ । पशुपालक किसानहरूले बुढा भएका तथा बेत बसेका गाईहरु रेष्टुरेन्टका लागि निःशुल्क दिने गरेका छन् ।
रेष्टुरेण्टमा चारोका लागि दुई सयभन्दा बढी गिद्धहरू आउने गरेको अनुमान छ । जाडोको मौसममा हिमाली गिद्धहरू पहाडबाट झर्ने गर्छन् । फागुन अन्तिमसम्म बसेर गर्मी महिना लागेसँगै उनीहरू फेरि पहाडतिर लाग्ने गरेको स्थानीय संरक्षण अभियन्ता रबिन घिमिरे बताउँछन् ।
नेपालका विभिन्न स्थानमा ६ वटा जटायु रेस्टुरेन्ट रहेकामा कोशी प्रदेशमा यही एउटा सञ्चालनमा छ । महामारी वा प्राकृतिक विपद्को बेलामा जथाभावि जीव जन्तु मरे र सम्हाल्नै नसक्ने अवस्था भयो भने गिद्धले सफा गर्ने मानिन्छ । गिद्धलाई पृथ्वीको सफा गर्ने सूचीकार या कुचिकारका रुपमा पनि चिनिन्छ ।
रेष्टुरेन्टको सबै व्यवस्थापन रामधुनी सामुदायिक वन सालबन्दीले गरिरहेको छ । संरक्षणको काम गरिरहे पनि यस क्षेत्रको प्रचार प्रसार र लगानी कम भएको जटायु संरक्षण समितिका अध्यक्ष हरिनारायण चौधरीको भनाइ छ ।
गिद्ध मांशाहारी भए पनि जिउँदो जनावरमाथि आक्रमण गर्दैन । यसले मरेको सिनो मात्रै खान्छ । स्थानीय जानकारका अनुसार कसैले सिनो फालेपछि सुरुमा काग आउने गर्छन् । कागले कराएर सन्देश टाढा टाढा पुर्याएसँगै गिद्ध आउन थाल्ने विश्वास गरिन्छ ।
रेष्टुरेन्टमा गाईबाहेक मरेका बाख्रा, कुकुर, भैंसीहरु पनि स्थानीय बासिन्दाले लगिदिने गरेका छन् । एक पटकमा एउटा हिमाली गिद्धले ८ किलोसम्म सिनो खान सक्ने संरक्षणकर्ताहरुको भनाइ छ ।
नेपालमा हाडफोर, सेतो, डंगर, सानो खैरो, खैरो, हिमाली, राज, सुन र लामो ठुँडे गरी ९ प्रजातिका गिद्ध पाइने जनाइएको छ । तीमध्ये सुनसरीमा मात्रै विभिन्न ७ प्रजातिका गिद्ध पाइन्छन् । नेपालमा पाइने गिद्धहरूमध्ये ६ प्रजाति गिद्धहरूले मात्र गुँड बनाई बच्चा कोरल्छ । डंगर, सानो खैरो र सुन गिद्ध रूखमा गुँड बनाउने प्रजाति हुन् भने हिमाली, हाडफोर र सेतो गिद्धले पहरामा गुँड बनाउने गर्छन् ।
एक तथ्याङ्कअनुसार सन् १९९० को दशकमा नेपालमा करिब १० देखि १६ लाख गिद्ध थिए । तर हाल २० हजारभन्दा कम गिद्ध रहेको अनुमान छ । नेपाल पंक्षी संरक्षण संघको सन् २००२ देखि २०११ सम्मको अध्ययनले डंगर गिद्ध ९१ प्रतिशत र सानो खैरो गिद्ध ९६ प्रतिशतले घटेको देखाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलमजुङकाे पर्यटकीय घलेगाउँ
पुष ७, २०८१ आइतबार
शनिबारको भूकम्पबाट आठ घरमा क्षति, केहीमा आंशिक क्षति
पुष ७, २०८१ आइतबार
काभ्रेका बाढीपहिरो पीडितको कष्टकर छ जीवनशैली
मंसिर २६, २०८१ बुधबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
क्रूर नरसंहारमा भाग लिने हमास लडाकूहरूलाई मार्ने इजरायलको घोषणा
पुष १५, २०८१ सोमबार
गोरु जुधाइ प्रतियोगिता
पुष १५, २०८१ सोमबार
किवीको 'जाम' र 'वाइन' बनाउँदै दुप्चेश्वर गाउँपालिका
पुष १५, २०८१ सोमबार
चिसोका कारण हुने बिरामीको सङ्ख्यामा वृद्धि, सावधानी अपनाउन आग्रह
पुष १५, २०८१ सोमबार
युक्रेनमा पश्चिमी शान्ति सैनिकको रुसद्वारा विरोध
पुष १५, २०८१ सोमबार
च्याउको गुणस्तरीय बिउ उत्पादनमा ध्यान दिन कृषि मन्त्री अधिकारीको आग्रह
पुष १५, २०८१ सोमबार