इजरायलमा मृत्यु भएका नेपालीको शव चाँडो ल्याउन सरकारको ध्यानाकर्षण
नेपालबहस संवाददाता
असोज ३०, २०८० मंगलबार १६:५८:३४
३० असाेज, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतकाे शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले इजरायलमा मृत्यु भएका नेपालीहरूको शव नेपाल ल्याउनुकाे लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेका छन् ।
आज समितिको बैठकमा उनले उनीहरुलाई आवश्यक राहत दिने, बाँकी नेपालीलाई नेपाल फिर्ता ल्याउने र बझाङमा गएको भूकम्पप्रति ध्यानाकर्षण गराउने निर्णय पनि भएको जनाए ।
उनले भने, ‘इजरायलमा मृत्यु भएका १० जना नेपालीको शव चाँडो भन्दा चाँडो नेपाल ल्याउनका लागि सरकारलाई ध्यानाकर्षण गराउने र परिवारलाई राहत दिने र त्यहाँ रहेका नेपालीहरू नेपाल छिटो फर्किन चाहन्छन् । उनीहरुलाई फर्काउन सरकारको ध्यानाकर्षण गराउने र बझाङ्मा गएको भुकम्पप्रति ध्यानाकर्षण गराउन निर्णय भएको छ ।’
यस्तै, उनले आन्दोलनरत बीबीएसका विद्यार्थीहरूको बारेमा सचिवालयले केही गृहकार्य गर्नुपर्ने भन्दै यसका लागि एउटा अध्ययन कार्यदल बनाएर विषयको अध्ययन पनि गर्नुपर्ने बताए ।
उनले भने, ‘डाक्टरमाथि हात उठाउन कोही कसरी बाध्य भयो, यसमा प्रशासनको गल्ती छ कि, यो बारेमा अध्ययन गर्नुपर्छ । समस्या कहाँ बाट सुरु भयो त्यसको पनि अध्ययन गर्नुपर्छ । यस्ता घटनाहरू भएपछि डाक्टरहरूले देशव्यापी रुपमा ४–५ दिन सेवा बन्द गर्ने हो भने त्यसको असर कस्तो पर्छ होला ? यसमा एउटा एजेण्डा नै बनाएर छलफल गरेर अध्ययन कार्यदल बनाएर अगाडि बढ्नु पर्छ । त्यो अध्ययन कार्यदलले घटना कहाँ बाट सुरु भयो र किन भयो भन्ने विषयको अध्ययन पनि गर्नुपर्छ ।’
युवा र खेलकुद क्षेत्रमा पछिल्लो समय प्रगति भए पनि सरकारको तर्फबाट र बजेटको हिसाबमा ओझेलमा परेको भन्दै यसमा सबैको धारणा समेटेर कार्य योजना बनाउन पर्ने उनको भनाई छ । त्यस्तै, समिति सदस्य सुमना श्रेष्ठले आन्दोलित विद्यार्थीहरूको कुरा उठाउँदै विद्यार्थीहरूको समस्याको दिगो समाधानका लागि एउटा कार्यदल बनाएर स्वास्थ्य, गृह र शिक्षा मन्त्रालयलाई निर्देशन दिनुपर्ने सुझाव दिएकी छन् ।
उनले भनिन्, ‘यहाँ बोलाएर छलफल त गरेका थियौ तर त्यसको दिगो व्यवस्थापन हुन सकेको छैन । त्यसका लागि पनि एउटा कार्यदल बनाएर स्वास्थ्य, गृह र शिक्षा मन्त्रालयलाई निर्देशन दिने हो कि, त्यसको दिगो समाधानको लागि हामीले नै पहल गर्नुपर्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार