चुनौतीका बीच पनि नेपाल प्रहरी विश्वस्तरमा ख्याति प्राप्त छ : प्रधानमन्त्री प्रचण्ड
नेपालबहस संवाददाता
असोज ३०, २०८० मंगलबार १७:२१:४
३० असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आम नागरिक र सरकारको हरेक समस्यामा नेपाल प्रहरीले प्रथम पंक्तिमा रहेर समस्याको सम्बोधन र समाधान गरेको बताएका छन् ।
मंगलबार ६८ औँ प्रहरी दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा उनले सीमित साधन स्रोत, जनशक्ति र अनेकौं चुनौतीका बीच पनि अपराध नियन्त्रण र अनुसन्धानका क्षेत्रमा नेपाल प्रहरीले विश्व स्तरमा ख्याति प्राप्त गरेको बताए ।
उनले भने, ‘सीमित साधन स्रोत, जनशक्ति र अनेकौं चुनौतीका बीच पनि अपराध नियन्त्रण र अनुसन्धानका क्षेत्रमा नेपाल प्रहरीले विश्वस्तरमा जुन ख्याति प्राप्त गरेको छ, यो हाम्रा लागि महत्वपूर्ण पुँजी हो ।’
समाजमा बदलिँदो आपराधिक परिवेश, विश्वव्यापीकरणसँगै फैलिएको अन्तर्राष्ट्रिय अपराधको सञ्जाल, सूचना प्रविधिले ल्याएको विकास र यसले निम्त्याएको विनाश, अनुशासनहीनता सबै पक्षलाई मध्यनजर गरी नेपाल प्रहरीले आफ्नो स्वरूप र सेवा प्रवाहमा सोही अनुकूल विकास र परिवर्तन गर्दै गएको देख्दा गर्व लागेको उनको भनाई छ ।
उनले बदलिएको परिस्थिति अनुरूप आफूलाई रूपान्तरित र परिमार्जन गरेर मात्र हरेक संस्था, नेतृत्व र व्यक्तिले आफ्नो नेतृत्व क्षमता राम्रोसँग प्रमाणित गर्न सक्छ भन्ने एउटा जीवन्त उदाहरण नेपाल प्रहरी रहेको बताए । यस्तै संघीय प्रहरी ऐन ल्याउन सरकारले काम गरिरहेको र छिट्टै नै विधेयक संसदमा लैजाने र त्यसमा प्रहरी संगठनले साथ दिने विश्वास व्यक्त गरे । कर्तव्य पूरा गर्ने क्रममा ज्यान गुमाएका प्रहरीहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे ।
कार्यक्रममा प्रधानमन्त्रीले हालै चीनमा सम्पन्न ओलम्पिक खेलमा राजत र कास्य पद जितेका खेलाडीहरूलाई सम्मानपत्र प्रदान गरेका थिए । साथै प्रहरीको लाइफ अचिभमेन्ट अवार्ड अवकाश प्राप्त प्रहरी निरीक्षक कोमलबहादुर थापालाई दिइयो ।
सो क्रममा प्रहरीका महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवरले प्रहरीले समाजले नै प्रहरीलाई अस्तित्वमा ल्याएको उल्लेख गर्दै नागरिकको ज्यान र धनको सुरक्षा, सार्वजनिक सम्पत्तिको सुरक्षा तथा अपराध नियन्त्रणका लाग कुनै पनि कसर बाँकी नराखी काम गरिरहेको बताए । संगठनमा आँच आउने काम गर्ने प्रहरीलाई कारवाही समेत गर्दै आइरहेको बताए ।
मानव बेचबिखन, तस्करी, अवैध हितयार ओसार पसार, अपराध नियन्त्रणमा प्रहरीको क्षमता विस्तार आवश्यक रहेको बताए । कानुनको परिपालनामा प्रहरी दृढसंकल्प रहेको उनले बताए । उनले प्रहरीलाई संघीय संरचनामा लैजान संगठनले आवश्यक काम गरिरहेकाे जानकारी समेत दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डीआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मंसिर १२, २०८१ बुधबार
काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो
मंसिर १२, २०८१ बुधबार
जासुसीको आरोप लगाउँदै रूसले बेलायती कुटनीतिज्ञलाइ दियो देश छाडने आदेश
मंसिर १२, २०८१ बुधबार
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १२, २०८१ बुधबार
एनपीएलः वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगे
मंसिर १२, २०८१ बुधबार
हिजो सम्भवः नभए पछि रवि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने
मंसिर १२, २०८१ बुधबार