सेनाको भावी प्रधान सेनापतिमा ताराध्वज पाण्डे !
नेपालबहस संवाददाता
असोज ३०, २०८० मंगलबार २१:२१:४
३० असोज, काठमाडौं । नेपाली सेनाको भावी प्रधान सेनापतिको करिब करिब टुंगो लागेको छ । नेपाली सेनाको युद्ध कार्य महानिर्देशनालयका प्रमुख उपरथी ताराध्वज पाण्डेलाई रथि पदका लागि बढुवा सिफारिस गरेपछि भावी प्रधानसेनापतिको टुंगो लागेको हो ।
सेनाको दोस्रो वरियतामा रहेका रथि सरोजप्रताप राणा अनिवार्य अवकाशका लागि आइतबारदेखि विदामा बसेपछि सैनिक मुख्यालयले उपरथि पाण्डेलाई रथी पद बढुवाका लागि सिफारिस गरेको हो । पाण्डे रथीमा बढुवा सिफारिस भएसंगै उनी हालका प्रधानसेनापति प्रभुराम शर्मापछि प्रधानसेनापति बन्ने लाइनमा पुगेका छन् ।
नेपाली सेनाले जारी गरेको बढुवा सिफारिससम्बन्धी ७ दिने सूचनामा सैनिक सेवा नियमावली २०६९ को परिच्छेद ३ मा रहेको सरुवा तथा बढुवासम्बन्धी व्यवस्था बमोजिम नेपाली सेनाको सैनिक साधारण सेवातर्फ रिक्त हुन आएको तीन तारे जर्नेल (रथी) मा बढुवा सिफारिसको लागि उनलाई सिफारिस गरिएको उल्लेख छ ।
सेनामा राणासंगै अर्का रथी सिताराम खड्कापनि उमेर हदका कारण आगामी पुस ३ मा अवकासमा जांदैछन् ।नेपाली सेनामा राणाको पदावधि थपको चर्चा चलेपनि राणाको पदावधि भने थप भएन् । उनि २०७८ कात्तिक ११ मा सेनाको रथीमा बढुवा भएका थिए । चीनबाट एनडिसी कोर्स गरेका पाण्डे यसअघि सेनाको इन्टेलिजेन्स व्यूरो प्रमुख थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली सेनाद्वारा 'प्रेसर कुकर बम' निष्क्रिय
पुष ५, २०८१ शुक्रबार
प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता
मंसिर ३०, २०८१ आइतबार
प्रधानसेनापति सिग्देलले गरे भारतीय अधिकृत क्याडेटको कवाज निरीक्षण
मंसिर २९, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार
रुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
पुष ७, २०८१ आइतबार