फ्रान्सले भन्यो, ‘गाजास्थित अस्पतालमा हमला असैह्य छ’
नेपालबहस संवाददाता
कात्तिक १, २०८० बुधबार ८:२१:२३
१ कार्तिक, पेरिस। फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले अल-अहली अरब अस्पतालमा भएको आक्रमणको निन्दा गर्दै छानबिन गर्न आग्रह गरेका छन्।
सामाजिक सञ्जाल प्लेटफर्म एक्समा म्याक्रोनले एक पोस्ट पोस्ट गर्दै फ्रान्सले गाजामा अल-अहली अरब अस्पतालमा भएको आक्रमणको निन्दा गरेको जनाएका छन । उनले सो आक्रामणमा परी धेरै प्यालेस्टिनीहरूको ज्यान गएको घटना माफी योग्य नभएको भन्दै मृतक परिवार प्रति समवेदन प्रकट गरेका छन ।
सो अस्पतालमा भएको आक्रामणमा परी ५०० जना भन्दा बढीको ज्यान गएको थियो भने हजार भन्दा बढी घाइते भएको प्रारम्भिक रिर्पोट आएका छन् ।
उनले लेखेका छन, ‘अस्पतालमा आक्रामण गर्नुलाई कुनै पनि कुराले औचित्य दिन सक्दैन्, कुनै पनि कुराले नागरिकलाई निशाना बनाएको जायज ठहराउन सकिदैन।’
उनी अगाडी लेख्छन, ‘फ्रान्सले गाजाको अल अहली अरब अस्पतालमा भएको आक्रमणको निन्दा गर्दछ, जसले धेरै प्यालेस्टाइनीहरूलाई मारेको थियो। हाम्रो मन उहाँहरूसँग छ। सबै परिस्थितिमा प्रकाश पार्नुपर्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
भारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
म्यान्मामा ‘कू’ पछि अफिम उत्पादनमा कमी आएको छ : राष्ट्रसंघ
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार