इजरायलबाट उद्धार गरिएका १८ नेपाली दिल्लीमा, युद्धमा मारिएका मध्ये ५ जनाको शव तीन दिनभित्र नेपाल ल्याइने
नेपालबहस संवाददाता
कात्तिक १, २०८० बुधबार ८:२८:३७
१ कात्तिक, काठमाडौं । इजरायलबाट थप १८ नेपालीको उद्धार गरिएको छ । भारत सरकारद्वारा उद्धार गरिएका उनीहरू मंगलबार मध्यराति दिल्ली आइपुगेका हुन् ।
मंगलबार राती भारत सरकारले आफ्ना नागरिकको उद्धारका लागि पठाएको स्पाइस जेटको विशेष विमानबाट भारत सरकारसँग समन्वय गरी १८ जना नेपाली नागरिकलाई पनि पठाएको इजरायल, तेल अवस्थित नेपाली राजदूतावासले जनाएको छ ।
उद्धार गरी ल्याईएका १८ जनामध्ये १४ जना र ४ पुरुष महिला रहेका छन् । जसमा प्रतिभा रौनियार, नन्दसिंह भुल, आतिश गुरुङ, अनुमा डंगोल, हिना खाँड, मोसमी पाख्रिन, प्रतिमा तिम्सिना, जुनु गुरुङ, राजकुमार मानन्धर, ममता थापा, दिलकुमारी अधिकारी कार्की उर्मिला रावल, निश्चल श्रेष्ठ,सरिता गुरुङ, स्मिता बस्नेत, उर्मिला श्रेष्ठ,अम्बिका सुवेदी, र लक्ष्मण दुलाल रहेका छन् ।
मंगलबार राति ११ बजे दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका उनीहरूलाई गड्डाचौकी नाका हुँदै महेन्द्रनगर ल्याइने बताईएको छ । विद्रोही समुह हमासले इजरायलमाथि आक्रमण गरेपछि युद्धग्रस्त स्थानका नेपाली नागरिकको उद्धारको प्रयास सरकारले थालेको हो । यसअघि नेपाल सरकारले विशेष विमान पठाएर २ सय ५४ जना नागरिकको उद्धार गरेको थियो ।
यस्तै, दक्षिण इजरायलको किबुज अलुमिममा असोज २० मा मारिएका १० जना नेपाली विद्यार्थीमध्ये पाँच नेपालीको शव तीन दिनभित्र नेपाल पठाउने तयारी गरिरहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । गत आइतबार पहिचान खुलेको पाँच जनाको शवलाई स्वदेश पठाउने प्रक्रिया अगाडि बढाइ सकिएको इजरायलस्थित नेपाली दूतावासले जनाएको हो ।
जसमा घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्रसिंह धामी, बौनिया–३ कैलालीका आशिष चौधरी, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपालीर लेकम–५ दार्चुलाका दीपेशराज बिष्टको शवलाई नेपाल पठाउने दूतावासले उल्लेख गरेको छ । दुई देखि तीन दिनभित्र शव स्वदेश पठाउने दूतावासले जनाएको छ । बाँकी पाँच नेपालीको पहिचान खुल्न बाँकी रहेको दूतावासले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्युत् सर्ट भई आगलागी हुँदा १५ लाखको क्षति
पुष ५, २०८१ शुक्रबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
विद्युत् सट भई आगलागी हुँदा १० लाख बढीको क्षति
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार