ग्लोबल आईएमई बैंकको विश्वसनीयतामाथि प्रश्नः पैसा एउटाको, म्यासेज अर्कैलाई
नेपालबहस संवाददाता
कात्तिक १, २०८० बुधबार १५:३६:४०
१ कात्तिक, दमक । बैंक तथा वित्तीय संस्थाहरू व्यक्तिगत सम्पति बचतका लागि भरपर्दो भनेर नै जनताले आफूले दुःख गरेर कमाएको पैसा बैंकमा लगेर जम्मा गर्छन । जनताको निक्षेप सुरक्षित गर्नुपर्ने दायित्व बैंकको हो । तर, समय समयमा बैंकको सामान्य लापरबाहीले गर्दा निक्षेपकर्ताहरु ठगिने गरेका धेरै उदाहरणहरू छन् ।
बुधबार कार्यालय समयमा ग्लोबल आईएमई बैंकमा पनि यस्तै घटना घटेको छ । बैंकमा खाता नै नभएको व्यक्तिको म्यासेन्जरमा तपाईको स्यालरी भन्दै म्यासेज आएको छ । केहीबेरमा उक्त खाताबाट ८० हजार रकम निकालिएको म्यासेज पनि सोही व्यक्तिलाई गएको छ । खाता कस्को हो र रकम राखेको म्यासेज कसरी ट्रान्सफर भयो भन्ने बैंकले पनि जानकारी गराएको छैन ।
बुधबार दशैँको खर्च जुटाउने ध्याउन्नमा रहेका प्रदेश नम्बर एकको दमक निवासी यज्ञप्रसाद भट्टराईको मोबाइलमा एक्कासी पैसा जम्मा भएको म्यासेज आयो । भट्टराईले भने, "आफू पैसा खोजिरहेको अवस्थामा बैंक खातामा रकम जम्मा भएको म्यासेज आयो तर, मेरो उक्त बैंकमा बैंक खाता नै छैन ।"
उनले नेपालबहससँग भने ‘एक्कासी मेरो मोबाईलमा ग्लोबल आईएमई बैंकबाट आज १२ बजेर १६ मिनेट जाँदा तलब बापत भन्दै ८ लाख ५८ हजार ७९० रूपैयाँ जम्मा भएको म्यासेज आयो । कहाँ र कसरी पैसा आयो भनेर खोजी भइरहँदा १ बजेर ८ मिनेट जाँदा फेरि कसैले ८० हजार झिकेको मेसेज आयो । म छक्क परे ।’ यसरी सम्पत्ति सुरक्षित र भरपर्दो रुपमा राख्ने विश्वासिलो माध्यम भनेको बैंकमा पनि यस्तो लापरबाही भएपछि कसको विश्वास गर्ने ? उनले भने ।
एउटा व्यक्तिको खाताको रकम अर्को व्यक्तिको खातामा झुक्किएर पोष्टिङ हुनु सामान्य गल्ती होइन । यो घटनाले बैंक तथा वित्तीय संस्थाको विश्वसनियतामाथि गम्भीर प्रश्न उठाएको छ । अझै खाता नै नभएको व्यक्तिकाे मोबाइल म्यासेजमा लाखौं रकम तलब भन्दै जम्मा हुनु किमार्थ सामान्य मान्न सकिँदैन । बैंक तथा वित्तीय कारोबार गर्ने संस्थाहरुबाट यस्ता कमजोरी हुँदा जनतामा विश्वास घट्दै जाने कुरालाई बल पुर्याएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
कात्तिक ३०, २०८१ शुक्रबार
मंसिरका लागि वाणिज्य बैंकहरुको निक्षेप र व्यक्तिगत मुद्दतीमा दिने अधिकतम औसत ब्याजदर घट्यो
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
अन्नपूर्ण आधार शिविर र पदमार्गमा सरसफाइ
मंसिर १, २०८१ शनिबार
चिसो बढेपछि लिमी सीमा प्रहरी चौकी सिमकोटमा स्थानान्तरण
मंसिर १, २०८१ शनिबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
मादी नदीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति
मंसिर १, २०८१ शनिबार
जुनको उज्यालोमा मकै सुकाउने पर्व
मंसिर १, २०८१ शनिबार
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
मंसिर १, २०८१ शनिबार