विश्व शान्तिका लागि नेपाली सेनाको भूमिका महत्वपूर्ण छ : रक्षामन्त्री खड्का
नेपालबहस संवाददाता
कात्तिक १, २०८० बुधबार १६:१५:५६
१ कात्तिक, काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्ण बहादुर खड्काले, विश्व शान्तिका लागि नेपालको भूमिका गौरवशाली रहेको बताएका छन्। ‘शान्ति म बाट सुरु हुन्छ’भन्ने नाराका साथ आज काठमाडौंमा आयोजित संयुक्त राष्ट्र संघ दिवस २०२३ समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष खड्काले, विश्व शान्ति स्थापनामा सेनाले खेलेको भूमिका महत्वपूर्ण भएको बताएका हुन् ।
उनले विश्व शान्ति स्थापनामा नेपालको सहभागिताले ६५ वर्ष पुरा गरेको स्मरण गर्दै भनेका छन् ‘हामीमाथि विश्वास गरेकोमा हामी संयुक्त राष्ट्र संघलाई धन्यवाद दिन्छौं। यो साँच्चै सबै नेपाली नागरिकहरूको लागि गौरवको कुरा हो। नेपालको सहभागिता र योगदान उल्लेखनीय छ।’
शान्ति स्थापनाका लागि सेना पठाउने मुलुकमा हाल नेपाल दोस्रो स्थानमा रहेको भन्दै उनले थप सेना पठाउन आवश्यक ठानेमा नेपाल तयार रहेको बताए । उनले भने ‘विश्व निकायले अनुरोध गरेमा हामी १०,००० राम्रो तालिम प्राप्त र सुसज्जित संयुक्त राष्ट्र शान्ति सैनिकहरू शान्ति अभियानमा खटाउने प्रतिबद्ध छौं। ’
उनले निर्धारित मापदण्डरु पुरा गरेर महिला शान्ति सैनिक पठाउनसमेत नेपाल तयार रहेको उनको भनाई छ । संयुक्त राष्ट्र संघको बडापत्रको आदर्श र विश्व शान्तिको महान काममा नेपाल सधैँ प्रतिबद्ध रहेको उनले बताए ।
‘संयुक्त राष्ट्रसंघको बडापत्र नेपालको परराष्ट्र नीतिको मार्गदर्शक सिद्धान्तहरूमध्ये एक हो। नेपालले सधैं शान्तिको दृढ वकालत गरेको छ ’ उनले भनेका छन् ‘ निशस्त्रीकरण र विश्व शान्तिलाई प्रवर्द्धन गर्ने अन्तर्राष्ट्रिय सन्धि र सम्झौताहरूमा हाम्रो सहभागिता र शान्तिपूर्ण आह्वानमा नेपाल प्रतिबद्ध छ । ’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली सेनाद्वारा 'प्रेसर कुकर बम' निष्क्रिय
पुष ५, २०८१ शुक्रबार
प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता
मंसिर ३०, २०८१ आइतबार
प्रधानसेनापति सिग्देलले गरे भारतीय अधिकृत क्याडेटको कवाज निरीक्षण
मंसिर २९, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार