चिनियाँ सेना काठमाडौंमा, सैन्य सहयोगबारे छलफल हुँदै
नेपालबहस संवाददाता
कात्तिक १, २०८० बुधबार २०:३५:५२
१ कात्तिक, काठमाडौं । दशैंको सम्मुखमा चिनियाँ सेनाको एउटा टोली नेपाल भ्रमणमा आएको छ । प्रधान सेनापति प्रभुराम शर्माको चीन भ्रमणको मिति तय भइसकेको अवस्थामा चिनियाँ जनमुक्ति सेनाको एउटा उच्चस्तरीय टोली काठमाडौं आइपुगेको हो । सो टोली एअर चाइनाको उडान नम्बर सीए ४ ३७ मा बुधबार दिउँसो काठमाडौं आइपुगेको हो ।
जनसेनाका कर्नेल तथा चिनियाँ सेनाको मुख्यालयस्थित स्टाफ विभागका उपनिर्देशक हुवाङ यानहुई नेतृत्वको टोलीमा अन्य तीन जना सैनिक अधिकृत छन् । नेपाल आएको टोलीमा कर्नेल याङ ले,कर्नेल फाङ सिआङ,सेकेण्ड लेफ्टिनेन्ट लोङ चेनसेङयु पनि रहेको सैनिक स्रोतले जनाएको छ ।
गत साउनमा पनि चीनको तिब्बत मिलिट्री कमाण्डको मेजर जनरल यु एन दे नेतृत्वको टोली नेपाल आएको थियो । त्यति बेला आएको टोलीले सैन्य सम्बन्ध, सीमा सुरक्षा लगायतका विषयमा छलफल गरेको थियो ।
अहिले आएको टोलीले पनि नेपाली सेनासँग आन्तरिक सम्बन्ध विस्तार, सैन्य सामग्रीको सहयोग लगायतका विषयमा छलफल गर्ने बताइएको भएपनि चिनिया सेना आएको विषयलाई नेपाली सेनाले गोप्य राखेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार