लागूऔषधसहित ५ पक्राउ, ५ जना फरार
नेपालबहस संवाददाता
कात्तिक २, २०८० बिहिबार १३:२९:४१
२ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिका-१६ माछापोखरी कुमारीस्थानबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम ८० मिलिग्रामसहित सोही ठाउँ बस्ने सिन्धुपाल्चोक घर भएका ३५ वर्षीय क्षिरिङ्ग लामासहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले क्षीरिङ्गको कोठा तलासी गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै, सुनसरीकाे धरान उपमहानगरपालिका-८ तिनकुनेबाट नियन्त्रित लागूऔषध स्पासमो ५ हजार ट्याब्लेटसहित सोही उपमहानगरपालिका-९ बस्ने २० वर्षीय दिप तामाङलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी तिनकुनेबाट खटिएको प्रहरीले प्रदेश १-०२-००१ ख ९६३६ को बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
बारा, सुवर्ण गाउँपालिका-७ संफुलवा र चौरहियाको बिचबाट करिब २५ किलोग्राम गाँजा बुधबार राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी बडकी फुलवरिया र बिओपि सशस्त्र बेसक्यामप संफुलवाबाट खटिएको संयुक्त गस्ती टोलीलाई देख्नासाथ ५ जना ब्यक्तिहरुले पछाडि भिरेको झोला फाली भागेपश्चात प्रहरीले उक्त झोला तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।
हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबीखेती,बागलुङको किबी बुटबलमा खपत
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपात, एक फिटसम्म हिउँ जमेपछि चिसोले जनजीवन प्रभावित
पुष ९, २०८१ मंगलबार
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पुष ९, २०८१ मंगलबार
सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु
पुष ९, २०८१ मंगलबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह
पुष ९, २०८१ मंगलबार