साउदी अरेबियालाई हराउँदै नेपाल सेमिफाइनलमा
नेपालबहस संवाददाता
कात्तिक २, २०८० बिहिबार १३:३१:३२
२ कात्तिक, काठमाडौं । नेपाल एसीसी यु १९ प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । नेपालले बिहीबार समूहचरणको आफ्नो अन्तिम खेलमा साउदी अरेबियालाई ३ सय १ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
नेपालले यसअघिका दुई खेलमा बहराइन र इरानलाई पराजित गरेको थियो । नेपालले समूह ‘डी’ को विजेतासँग निर्णायक खेल खेल्ने छ । समूह ‘डी’ मा शुक्रबार हङकङ र जापान तथा मलेसिया र इन्डोनेसिया निर्णायक खेल खेल्दै छन् ।
मलेसियामा भइरहेको प्रतियोगितामा टस हारेको नेपालले निर्धारित ५० ओभर खेल्दै ८ विकेट गुमाई ३ सय ४७ रन बनायो । जवाफमा आएको साउदी अरेबिया १९.१ ओभरमा ४६ रनमा अलआउट भए । सर्वानन मुदालिएरले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । अन्तिम ब्याटर घायोर अहमदले अविजित ९ रन बनाए ।
दीपेश कँडेलले नेपालबाट पुनः ६ विकेट लिए । अघिल्लो खेलमा बहराइनविरुद्ध पनि ६ विकेट लएका उनले ९.१ ओभरमा १८ रनमात्र खर्चेका थिए । आकाश चन्दले २ र सुवास भण्डारीले १ विकेट लिए । बांगीस्थित वाइएसडी युकेएम ओभलमा अर्जुनको १ सय ४२ रनमा नेपालले विशाल योगफल बनाएको हो ।
ओपनर दीपक बोहरा २९ रनमा आउट भएपछि अर्जुनले आकाश त्रिपाठीसँग दोस्रो विकेटमा १ सय ८९ रनको साझेदारी गरेका थिए । अर्जुनले १ सय ११ बलको इनिङ्समा कुल १७ चौका र २ छक्का प्रहार गरे । आकाशले ९८ बलमा ८९ रन बनाए । उनले ६ चौका र २ छक्का प्रहार गरे । कप्तान देव खनाल दुई बल खेली शून्यमा आउट भए ।
दीपक डुम्रे १४, मिलन बोहरा ९ र दीपेश कँडेल १४ रनमा आउट भए । साउदी अरेबियाका अहमद राजा र घायेर अहमदले २÷२ विकेट लिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
मंसिर ११, २०८१ मंगलबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
मंसिर ११, २०८१ मंगलबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार