कात्तिक ११ गते चियापानका लागि कांग्रेसको निम्तो
नेपालबहस संवाददाता
कात्तिक २, २०८० बिहिबार १५:३६:१५
२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले कात्तिक ११ गते चियापान कार्यक्रम गर्ने भएको छ । सधैं झैँ यस वर्ष पनि चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम राखिएको भन्दै कांग्रेसले बिहीबार विज्ञप्ति जारी गर्दै सबैलाई उपस्थितिका लागि आग्रह गरेको छ ।
वि.सं. २०३३ सालमा जननायक बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदान–प्रदान गर्ने परम्परा रहँदै आएको छ ।
कांग्रेसले यस वर्ष पनि निरन्तरता दिँदै विजया दशमी, तिहार, नेपाल सम्वत्, छठ लगायत पर्वहरूको अवसरमा २०८० कात्तिक ११ गते शनिबार कोजाग्रत पूर्णिमाको दिन दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन बी.पी. नगर, ललितपुरमा चियापान समारोह तथा शुभकामना आदान प्रदान कार्यक्रम राखिएको जनाएको छ ।
उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरू, नेपाल सरकार मन्त्री परिषदका सदस्यहरू, संवैधानिक निकायका प्रमुखहरु, माननीय सांसदहरु, राष्ट्रसेवक कर्मचारीहरू, सुरक्षा निकायका प्रमुखहरु, कूटनीतिक नियोगका प्रमुखहरु, लेखक, साहित्यकार, कलाकार, उद्योगपति एवं व्यवसायीहरू, पेशागत एवं बुद्धिजीवीहरुलाई बोलाएको छ ।
यसै गरी नागरिक समाजका अगुवाहरु, मानव अधिकारकर्मीहरू, विभिन्न सञ्चार माध्यमका प्रमुखहरु, पत्रकारहरू, गैर–आवासीय नेपालीहरूको संघ–संस्थाका प्रमुखहरु लगायतका विशिष्ट महानुभावहरू, नेपाली कांग्रेसका सदस्यहरू एवं शुभेच्छुकहरूको सहभागिता हुने भएकोले उक्त दिन शुभकामना आदान–प्रदान गर्दै चियापानका साथ समाचार संकलन तथा प्रसारणार्थ उपस्थितिका लागि हार्दिक आमन्त्रण गरिन्छ, कांग्रेसको विज्ञप्तिमा भनिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार