नेप्सेमा आज ९७ करोड मूल्य बराबरको कारोबार
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक २, २०८० बिहिबार १६:१:२०
२ कात्तिक, काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। बुधबार ४३.२७ अंकले बढेको नेप्से आज ४.०५ अंकले घटेको हो।
नेप्से घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। आज ९७ करोड मूल्य बराबरको शेयर कारोबार भएको छ। बुधबार ९३ करोडको शेयर खरिदबिक्री भएको थियो।
आज २८४ कम्पनीको ३७ लाख ६६ हजार १५३ कित्ता शेयर २५ हजार ५२० पटक खरिदबिक्री हुँदा कारोबार रकम ९७ करोड ६ लाख १२ हजार ८९२ पुगेको हो।
आज १५० स्टकको मूल्य घट्दा ८० को मात्रै बढेको हो। ४ उपसमूहबाहेक अन्य ९ का सूचक घटेका छन्। बैंकिङ, इन्भेस्टमेन्ट,म्युचुअल फण्ड र अदर्श उपसमूहको सूचक नकारात्मक देखिएका छन्।
सिटीजन म्युचुअल फण्ड-२ को शेयर मूल्य सर्वाधिक ५.८५ प्रतिशतले बढ्यो। बीबीडब्लू लघुवित्त वित्तीय संस्थाको ४,७६,सेन्चुरी डिबेन्चर २०८८ को ४ प्रतिशत,गरिमा डिभेन्चर २०८५ को ३.९९ र सानिमा जीआईसी इन्स्योरेन्सको सेयर मूल्य ३.९२ प्रतिशतले बढेको हो।
यसदिन अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको शेयर मूल्य सर्वाधिक ८.२५ प्रतिशतले घट्यो। यसैगरी इन्फिनिटी लघुवित्त र आशा लघुवित्तको शेयर मूल्य ६ प्रतिशतभन्दा बढीले घटेको हो। कारोबार रकमका आधारमा यसदिन नविल बैंक प्रमोटर शेयर ५ करोड ९० लाख बराबरमा कारोबार भयो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से सामान्य अङ्कले बढ्दा तीन अर्बको कारोबार
असार ५, २०८१ बुधबार
नेप्से १८ दशमलव ७६ अंकले घट्यो
असार ४, २०८१ मंगलबार
कारोबारको पहिलो दिन नेप्से आज १७ अङ्कले घट्यो
असार २, २०८१ आइतबार
प्रेम सफल नबन्दा दुई प्रहरी जवानले गरे आत्महत्या
नेपालबहस संवाददाता
असार ५, २०८१ बुधबार
राष्ट्रिय अनुसन्धान विभागका एसपी प्रसाईमाथि छानबिन !
नेपालबहस संवाददाता
असार ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार ७, २०८१ शुक्रबार
सशस्त्रको लापरवाहीले करिब १५ लाख नगदसहित पक्राउ परेका भारतीय तस्कर भन्सारबाटै गायव
असार ७, २०८१ शुक्रबार
देशको विभिन्न ठाउँमा वर्षा, गण्डकी प्रदेशमा मुसलधारे पानी पर्ने
असार ७, २०८१ शुक्रबार
बाढीपहिरोले कोशी राजमार्गमा करोडौंको क्षति
असार ७, २०८१ शुक्रबार
बागलुङ-कुश्मिसेरा सडकखण्ड एक साता बन्द
असार ७, २०८१ शुक्रबार
पत्रकार महासंघको निर्वाचन असार २२ गते
असार ७, २०८१ शुक्रबार
अरविन्द केजरीवालको जमानतमा रोक, रिहाई फेरी अनिश्चित
असार ७, २०८१ शुक्रबार
बाढीपहिरोले मकालुमा २४ घर विस्थापित
असार ७, २०८१ शुक्रबार
भारत र अमेरिकासहित ८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस
असार ७, २०८१ शुक्रबार