विद्युत् प्राधिकरणमा वीरगञ्जका कर्मचारीहरुबिच कुटाकुट
आबिद हुसेन
कात्तिक २, २०८० बिहिबार १६:८:३०
२ कार्तिक, वीरगञ्ज । नेपाल विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रमा कर्मचारीहरूबीच कुटाकुट भएको छ । वितरण केन्द्रका हेल्पर प्रेमदास तत्वा र स्टोर इन्चार्ज रामसुन्दर दासबीच थप्पड हानाहान भएको हो ।
हेल्पर तत्वाले निजी गाडीमा कार्यालयको भ(याङ लिएर जान खोज्दा उनको गेट रोक्का गरिएको थियो । निजी कामको लागि सरकारी भ(याङ लिएर गइरहेकोले रोक्न खोज्दा विवाद भएको कर्मचारीहरूले बताएका छन् । स्टोर इन्चार्ज दासलाई हेल्पर तत्वाले चप्पलसमेत प्रहार गरेको कर्मचारीहरूको भनाइ छ ।
वितरण केन्द्रको परिसरमा उत्पन्न भएको विवाद साम्य गर्न केन्द्र प्रमुख अवधेशकुमार दुवेको कार्यकक्षमा दुवै पक्षलाई बोलाइ छलफल भइरहेका बेला सहायक इन्जिनीयर चन्द्रिका सिंहले तत्वाको कठालो समाएर घाँटी थिचेको समेत प्रत्यक्षदर्शीहरूले बताए ।
कर्मचारीहरूको कुटाकुटको विवाद र कार्यालय प्रमुखको कार्यकक्षमै पुनः कुटाकुट हुन थालेपछि करीब एक घण्टा कार्यालयको काम प्रभावित भएको थियो ।
केन्द्र प्रमुख दुबेले सामान्य विवादमा दुवैबीच झगडा भएको स्वीकारे । साथै उनले दुवै पक्षलाई बसाएर छलफलको माध्यमबाट मिलापत्रसमेत गराइसकेको जानकारी गराए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
एनएमबि बैंकको संस्थापक शेयर लिलामी खुल्यो
मंसिर ९, २०८१ आइतबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर ९, २०८१ आइतबार
न्यायाधीश शर्माको एकल इजलासमा पर्यो दुर्गा प्रसाईंको बन्दीप्रत्क्षीकरण रिटको पेशी
मंसिर ९, २०८१ आइतबार
‘ड्रागन फ्रुट’ बेचेर वार्षिक १५ लाख आर्जन
मंसिर ९, २०८१ आइतबार
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
मंसिर ९, २०८१ आइतबार