गाजाको अस्पतालमा भएको हमलाको नेपालद्वारा निन्दा
नेपालबहस संवाददाता
कात्तिक २, २०८० बिहिबार २०:९:२०
२ कात्तिक, काठमाडौं । नेपालले बुधबार गाजाको एक अस्पतालमा ५०० जनाको ज्यान जाने गरी भएको आक्रमणको भर्त्सना गरेको छ । प्यालेस्टिन चरमपन्थी समूहले उक्त आक्रमण इजरायलले गरेको बताउँदै आएको छ । तर, इजरायलले भने आक्रमण आफूले नगरेको र अन्य कट्टरपन्थी इस्लामिक समूहले गरेको जनाएको छ ।
परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै अस्पताल, स्वास्थ्यकर्मी, बिरामी र सर्वसाधारणमाथिका आक्रमणको निन्दा गरेको हो । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अस्पतालमा निर्दोष नागरिकको हत्या भएकोमा नेपाल सरकार स्तब्ध भएको उल्लेख छ । ’अस्पताल, स्वास्थ्यकर्मी, बिरामी र सर्वसाधारणमाथि भएको यस आक्रमणको हामी निन्दा गर्दछौं र शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
सर्वसाधारणमाथिको आक्रमणलाई लिएर नेपाल सरकार गम्भीररुपमा चिन्तित रहेको पनि विज्ञप्तिमा उल्लेख छ । नागरिकको सुरक्षाको आह्वान गर्दै नेपालले सबै विवादको समाधान शान्तिपूर्ण वार्ताबाट समाधान गर्न आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार