संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस आगामी कात्तिक १२ गते नेपाल आउने
नेपालबहस संवाददाता
कात्तिक २, २०८० बिहिबार २२:३०:४६
२ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आगामी कात्तिक १२ गते नेपाल आउनुहुने भएको छ ।
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले महासचिव गुटेरेस कात्तिक १२ देखि १५ सम्मका लागि नेपाल आउन लागेको र बैठकले उनको भ्रमणलाई स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिइन् ।
नेपाल भ्रमणका क्रममा महासचिव गुटेरेसले नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, नेपाली शान्ति सेना लगायतका विषयमा उच्चस्तरमा छलफल गर्ने बताइएको छ । बैठकले तल्लो अरुण जलविधुत परियोजना ६६९ मेघावाटको आवश्यक १ सय दशमलव ९७ हेक्टर निजि जग्गा प्राप्ती गर्न स्वीकृती दिने निर्णय गरेको छ ।
परराष्ट्रमन्त्रीको कार्तिक ८ देखि १६ गतेसम्म अमेरिकाको भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताइन् । प्रवक्ता शर्माले चाडपर्वमा हुनसक्ने कालाबजारी रोक्न अनुगमन टोली सक्रिय रहेको जानकारी दिइन । चिनी लगाएतका अत्यावश्य वस्तुको अभाव क्रमश हट्दै जाने उनले बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
सहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार
एनआरटी क्लब झापा कपको सेमिफाइनलमा
पुष ४, २०८१ बिहिबार
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार