गएको २४ घण्टामा एक लाखले छाडे काठमाडौं
नेपालबहस संवाददाता
कात्तिक ३, २०८० शुक्रबार १३:१२:३
३ कात्तिक, काठमाडौं । दशैं मान्न पुर्ख्यौली थलो फर्किनेको संख्या दिनानु दिन बढ्न थालेको छ । काठमाडौंबाट बाहिर जाने नाकाहरुमा सवारी साधनको चाँप बढेको छ । दशैं मान्न कर्मथलो छोडेर पुर्ख्यौली घर फर्किनेको संख्या घटस्थापनादेखि निरन्तर बढ्दो क्रममा छ ।
ट्राफिक प्रहरी प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टका अनुसार घटस्थापनादेखि आज बिहान ६ बजेसम्म ४ लाख ६५ हजार ९ सय ७७ यात्रुले उपत्यका छाडेका छन् । सो अवधिमा ७१ हजार ६ सय ६२ वटा सवारी साधन काठमाडौंबाट बाहिरिएका छन् । वितेको २४ घण्टामा मात्र झण्डै एक लाख मानिसले काठमाडौं छोडेका छन् ।
यो सख्या निरन्तर बढ्दो क्रममा छ । एसएसपी भट्टले भने ‘अस्ति भन्दा वितेको २४ घण्टामा काठमाडौं छोड्नेको संख्या झण्डै दोब्बर बढेको छ । यो संख्या आज र भोलि झनै बढ्छ ।’
दशैंको मुख्य दिन नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा एक लाखले उपत्यका छाडेका छन् । घटस्थापनापछि क्रमशः उपत्यकाबाट बाहिरिने नागरिकको सङ्ख्या बढ्न सुरु भएकामा पछिल्लो तीन दिनदेखि अत्यधिकरूपमा बढेको छ ।
ट्राफिक प्रहरीका अनुसार घटस्थापनाको दिन असोज २८ गते ५१ हजार दुई सय ७९ र त्यसको भोलिपल्ट ५१ हजार तीन सय ८७ जनाले उपत्यका छाडेकामा त्यसपछि भने त्यो सङ्ख्या बढेको हो ।
असोज ३० गते ७३ हजार आठ सय ९६, कात्तिक १ गते ९१ हजार एक सय दुई र २ गते ९८ हजार तीन सय ३२ जनाले उपत्यका छाडेका छन् । आज बिहानसम्ममा एक लाखले उपत्यका छाडेका छन् । निजी सवारीसाधनमार्फत जानेहरूको सङ्ख्या गणना नहुने भएकाले अझै धेरै सङ्ख्यामा नागरिक उपत्यका छाडेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभक्तपुरको दरबार स्क्वायरनजिक ९४ वर्षीया वृद्धाको हातखुट्टा बाँधिएको अवस्थामा शव भेटियो
कात्तिक २९, २०८१ बिहिबार
जाडो छल्न आगन्तुक चरा चितवनमा
कात्तिक २९, २०८१ बिहिबार
कांग्रेस सांसद विमला गौचनको निधन
कात्तिक २९, २०८१ बिहिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
बाकु सम्मेलन सहभागी भएर नेपाल फर्किए राष्ट्रपति पौडेल
कात्तिक ३०, २०८१ शुक्रबार
दैलेखका किसानको ‘गुणे’ धानमा अधिक आकर्षण
कात्तिक ३०, २०८१ शुक्रबार
दार्चुला जिप दुर्घटनामा मृतकको संख्या ८ पुग्यो (अपडेट)
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाली सेनामा खुल्यो विभिन्न पदमा विज्ञापन
कात्तिक ३०, २०८१ शुक्रबार
राष्ट्रपति पौडेल दोहाबाट काठमाडौंका लागि प्रस्थान
कात्तिक ३०, २०८१ शुक्रबार
नेपालले आज ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्दै
कात्तिक ३०, २०८१ शुक्रबार