छैटौँ प्रधानसेनापति अन्तर्राष्ट्रिय एड्भेन्चर प्रतियोगितामा त्रिभुवन आर्मी प्रथम
नेपालबहस संवाददाता
कात्तिक ३, २०८० शुक्रबार १३:५५:३२
३ कात्तिक, धादिङ । छैटौँ प्रधानसेनापति अन्तर्राष्ट्रिय त्रि एड्भेन्चर प्रतियोगितामा त्रिभुवन आर्मी क्लब ए टिम प्रथम भएको छ । धादिङस्थित ६ नं वैरेनी ब्यारेकमा ६ दशमलव ५ किलोमिटर दौड, २६ किलोमिटर साइकलिङ र ११ किलोमिटर र्याफ्टिङ प्रतियोगिता भएको थियो ।
उक्त खेलको तीन वटा चरण 'दौड, साइकलिङ र ¥याफ्टिङ' पार गर्दै त्रिभुवन आर्मी क्लब ए टिम विजय भएको हो । त्यस्तै त्रिभुवन आर्मी क्लब बि टिम दोस्रो भएको छ । तेस्रोमा इन्डियन आर्मी ए टिम रहेको छ । त्यस्तै इन्डियन आर्मी बि टिम चौथो भएको छ भने एमटिबी स्टार पाँचौँ भएको छ ।
महिलातर्फ नेपाल आर्मी महिला टिम पहिलो भएको छ । यूनाइटेड फिक्कल एमटिबि स्क्वार्ड दोस्रो र डुल्वा केटीस तेस्रो भएको छ । प्रतियोगितामा २१ टिमका ८४ खेलाडीको सहभागिता थियो ।
पुरुषतर्फको प्रतियोगितामा प्रथम हुनेले रु एक लाख पचास हजार, दोस्रोले रु एक लाख, तेस्रोले रु ७५ हजार, चौथोले रु २५ हजार र पाँचौले रु १५ हजार पुरस्कार प्राप्त गरेका छन् । महिलातर्फ पहिलो हुनेले रु ७५ हजार, दोस्रोले रु ५० हजार र तेस्रोले रु ३० हजार प्राप्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल
पुष ७, २०८१ आइतबार
बक्सिङ डे टेस्टमा भारतको रेकर्ड कस्तो रह्यो ?
पुष ५, २०८१ शुक्रबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ताइवानका राष्ट्रपतिको उम्मेदवार माथि भ्रष्टाचारको अभियोग
पुष ११, २०८१ बिहिबार
भारतीय चर्चित गायक सोनु निगमले गरे पशुपतिनाथको दर्शन [ फोटो फिचर ]
पुष ११, २०८१ बिहिबार
साइपाल हिमालको आधार शिविर क्षेत्र
पुष ११, २०८१ बिहिबार
राष्ट्रियसभाले बिजनेस पाउन सकेन : अध्यक्ष दाहाल
पुष ११, २०८१ बिहिबार
चीनको सिचुवान एयरलाइन्सको जहाज
पुष ११, २०८१ बिहिबार