दशैँ: गाउँमा चहलपहल, सुनसान हुँदै बजार
नेपालबहस संवाददाता
कात्तिक ३, २०८० शुक्रबार १४:५१:४
३ कात्तिक, बागलुङ । दशैँको टीकाको दिन नजिकिएसँगै अध्ययन, रोजगार तथा विभिन्न कामको सिलसिलामा बजार झरेकाहरू धमाधम गाउँ फर्किरहेका छन् । बजारबाट गाउँ फर्कनको संख्या दिनदिनै बढ्दै गएको छ । यतिबेला गाउँमा निकै चहलपहल बढेको छ भने बजार सुनासन बन्न थालेका छन् । बागलुङका ग्रामीण क्षेत्र दसैँ, तिहारबाहेक अन्य समय सुनसान नै हुन्छन् । स्थानीयवासीको बढ्दो सहर मोह र युवा शक्तिको विदेश पलायनले गाउँ पहिलेको जति रमाइलो छैन । खासगरी पछिल्लो समय गाउँमा बुढापाका र बालबालिका मात्रै बस्ने गरेका छन् । उनीहरुले नै गाउँ धानेका छन् ।
एक दशक अगाडिसम्म गाउँ भरिभराउ थियो तर अहिले गाउँका घर प्राय खाली भए पनि दशैँ सुरु भएपछि खाली घरमा आगो बल्न थालेको छ । बजारमा गोठा तथा घर भाडामा लिएर बस्ने यतिबेला आफ्नै जन्मभूमिमा पुगेका छन् । सुख, सयल र विलाशिताको जीवन बिताउन बजार झरेकालाई पनि चाडपर्वमा गाउँ रमाइलो लाग्ने हुँदा यो समय गाउँमा चहलपहल बढेको छ । जिल्ला सदरमुकाम बागलुङ बजारसहित बुर्तिबाङ र गलकोट बजार पनि यतिबेला सुनसान बन्दै गएका छन् । परदेशमा रहेका युवा पनि दसैँ मनाउनका लागि स्वदेश आइरहेका छन् ।
एकसाता अगाडिसम्म गलकोटका धेरै गाउँहरु सुनसान रहेकामा अहिले मानिसको जमघटले चहपहल बढेको स्थानीयवासी तिर्सना थापाले बताए । घटस्थापनाका दिनदेखि सहर बजारमा रहेका र विदेशमा गएर दशैँ तिहार मनाउन उनीहरू गाउँ आएको उनले बताए । तिहार सकिएपछि पुनःगाउँ सुनासन हुने थापाको भनाइ थियो । चाडपर्वले टाढा रहेका आफन्त तथा इष्टमित्रलाई नजिक बनाउनका साथै आत्मियता पनि बढाउँछ । अहिलेका चाडबाडमा पहिलेको जस्तो रमाइलो र मौलिकमता नभएको भन्दै धेरैले पश्चिमा संस्कृतिको सिको गर्न थालेका छन्
उनले, “गाउँमा घटस्थापनाभन्दा अगाडि दुई÷चार जनामात्रै आएका थिए, त्यसपछि दैनिक १२÷१५ जना स्थानीय गाउँ आएका छन्, केही दिन अगाडिसम्म सुनसान भएका घरमा अहिले मान्छे आएर बस्न थालेका छन्, केटाकेटीहरुको आवाज पनि सुनिन्छ, सधँैभरि गाउँमै बसेर कस्तो रमाइलो हुँदो हो ?, अहिले गाउँमा आएका सबै तिहार मनाएर सहर नै पस्छन्, गाउँमा बस्ने त उही हामी बुढाबूढी मात्रै हो, खै के जमाना आए यस्तो सबैले सहर बजारनै बस्न खोज्छन् ?”
एक सातादेखि बागलुङ बजारदेखि गाउँ जानेको भीड देखिन्छ । बजारको जिपपार्क, बसपार्क र विभिन्न चोकबाट गाउँ फर्कने गाडी भरिभराउ देखिन्छन् । एक हप्ता पहिले गाउँ फर्कनेहरुले किनमेल गर्दा बजारका पसलमा पनि बाक्लै भीड देखिएकामा अहिले व्यापार निकै कम भएको देखिन्छ । बजारमा बस्ने गाउँ जान थालेपछि बजारमा व्यापार घटेको स्थानीय व्यापारी नवीनकुमार क्षेत्रीले बताए । जिल्लाका धेरै गाउँबाट सदरमुकाम बागलुङमा बस्नेको संख्या ठूलो रहेको भन्दै उनीहरु गाउँ गएपछि दिनमा रु दस हजारको पनि व्यापार गर्न नसकेको ले जानकारी दिए ।
“आर्थिक मन्दीले गर्दा व्यापार थिएन, दशैँ आउन थालेपछि केही दिन राम्रो व्यापार भएको थियो, तर अहिले धेरै कम भएको छ, मान्छे जति सबै चाडपर्व मनाउन गाउँ गए, बजारमा घर भएकाहरुको पनि गाउँमा आफन्त भएकाले उतै दशैँ मनाउन जान्छन”, क्षेत्रीले भने, “अब गाउँबाट मान्छे नफिर्कंदासम्म बजारको व्यापार निकै थोरै हुन्छ, बाहिरबाट आउने मान्छेले धेरै सामान किनमेल गर्दैनन्, अब व्यापार हुनलाई तिहार कुर्नुपर्छ ।”
जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र बुर्तिबाङ बजारमा पनि व्यापार घटेको व्यवसायीको भनाइ थियो । अन्य समय राम्रो व्यापार हुने बुर्तिबाङमा दुई दिनदेखि कमी आएको स्थानीय व्यापारी सुनिल पौडेलले बताउनुभयो । बजारमा आएर बस्ने तथा व्यापार गर्ने अधिकांश गाउँबाट झरेकाहरु भएको हुँदा चाडबाडका बेला बजार सुनसान हुने पौडेलको भनाइ थियो ।
–––
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुद्ध पूर्णिमाः लुम्बिनीमा दर्शनाथीको घुइँचो, व्यवस्थापन गर्न कोषलाई हम्मेहम्मे
जेठ ११, २०८१ शुक्रबार
कलापरिषद्मा ‘देवीदेवता र तिनका बासस्थल’
जेठ १०, २०८१ बिहिबार
चैत्य, गुम्बा र विहारमा बौद्धमार्गीको भीड
जेठ १०, २०८१ बिहिबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
कांग्रेस संसदीय दलको बैठक आज बस्दै
जेठ १५, २०८१ मंगलबार
आर्थिक वर्ष २०८१/०८२ को बजेट आज सार्वजनिक हुँदै
जेठ १५, २०८१ मंगलबार
आज गणतन्त्र दिवस, देशभर सार्वजनिक विदा
जेठ १५, २०८१ मंगलबार
नेपालको मौसममा रेमल चक्रवातको प्रभाव, देशका विभिन्न ठाउँमा वर्षा
जेठ १५, २०८१ मंगलबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार