वीरगञ्जको पाँचदिने रात्री बजार सम्पन्न एक लाखभन्दा बढीले गरे अवलोकन
आबिद हुसेन
कात्तिक ३, २०८० शुक्रबार १४:५४:३५
वीरगञ्जको पाँचदिने रात्री बजार सम्पन्न एक लाखभन्दा बढीले गरे अवलोकन
३ कार्तिक, वीरगञ्ज । नेपालीहरूको ठूलो पर्वमध्ये एक दशैंको अवसर पारेर वीरगन्जमा आयोजित पाँच दिने “रात्रि बजार” सफलता पूर्वक सम्पन्न भएको छ । कोभिड महामारीले थलिएको अर्थतन्त्रलाई उकास्ने उद्देश्यका साथ वीरगन्ज महानगरपालिकाले विभिन्न संघ संस्थाहरूसँगको सहकार्यमा यहाँस्थित पूरानो बसपार्कमा असोज २८ गते बडादशैंको पहिलो दिन घटस्थापनादेखि सुरु गरेको पाँच दिने रात्रि बजार बिहीबार सम्पन्न भएको हो ।
यसअघि महानगरले प्रत्येक महिनाको अन्तिम शुक्रबार र शनिबार गरेर दुई दिनका लागि लगाउने रात्रि बजार यस पटक दशैंको अवसर पारेर पाँच दिनको लागि लगाइएको वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले बताए । उनले पाँच दिनसम्म चलेको रात्रि बजार झन्डै एक लाख आन्तरिक र बाह्य पर्यटकले अवलोकन गरेको दाबी समेत गरे ।
झन्डै ६० वटा स्टल राखिएको रात्रि बजारमा अवलोकन गर्न आउनेहरूको मनोरञ्जनका लागि खेलकुद सम्बन्धी गतिविधिका साथै विभिन्न सांस्कृतिक एवम् साङ्गीतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो । स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको बजारमा व्यापार पनि राम्रै भएको व्यवसायीहरूले बताएका छन् ।
रात्री बजारमा वीरगञ्जसहित पर्सा जिल्लाको अन्य स्थानीय तहदेखि छिमेकी जिल्ला बारा र रौतहटसमेतबाट पर्यटकहरू आएको मेयर सिंहले बताए । ‘सामान्यता १० बजे नै बन्द हुने वीरगन्जस्थित नाकालाई पनि रात्रि बजारको अवधिभरि १२ बजेसम्मका लागि खुल्ला गरिएको थियो,’ उनले भने, ‘जसले गर्दा बजारमा भारतीय पर्यटक पनि पुगेका थिए ।’
बजारमा खानाका विशेष परिकार, लत्ताकपडा, कस्मेटिक, भाँडाकुँडा लगायतका सरसामानका स्टल सहित दैनिक उपभोग्य बस्तुहरू समेत राखिएको थियो । बजारमा प्रत्येक दिन देश र भारतबाट आएका कलाकारहरूले समेत आफ्नो प्रस्तुति देखाएका थिए ।
घरेलु तथा साना उद्योग कार्यालय, ग्रिन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, नेपाली युवा उद्यम मञ्च 'एनवाइईएफ' वीरगञ्ज, वीरगञ्ज साइक्लिङ क्लब, वुमेन्स क्रिएसन र फोरजीआरसँगको समन्वयमा महानगरले रात्री बजारको आयोजना गरेको थियो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
कञ्चनजङ्घा हिमालको बेस क्याम्प जाने पदमार्ग देखिएका नाउर
मंसिर ९, २०८१ आइतबार
शे–फोक्सुण्डोको साल्दाङ डोल्पा
मंसिर ९, २०८१ आइतबार
तारजालीको छेकबारले मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी
मंसिर ९, २०८१ आइतबार
तीन जना डाक्टरले सामुहिक राजीनामा दिएपछि प्रादेशिक अस्पतालको सेवा प्रभावित
मंसिर ९, २०८१ आइतबार
सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेश राज कायस्थ नियुक्त
मंसिर ९, २०८१ आइतबार
आइतबार सुनको भाउ १७ सयले बढ्यो, तोलाको कति ?
मंसिर ९, २०८१ आइतबार